आर्थिक अभावले सरिताको मृगौला प्रत्यारोपण हुन सकेन


प्रकाशित मिति :2017-07-26 17:20:04

–महिला खबर –

काठमाडौं । ‘७ वर्ष भयो, डाक्टरले भनेको दुबै मृगौला फेल भएको छरे । उपचार गर्दागर्दै ऋणधन गरेर जम्मा पारेको पैसा पनि रित्तियो । तर सन्चो भएको छैन । सहयोग पाँए मेरो जीवन बाँच्ने थिएकि ।’

दुबै मृगौला खराबी भएर जीवन र मोरणको दोसाधमा रहेकी लमजुङको मस्र्याङ्दी गाउँपालिका, ९ सिम्पानी टारगाउँकी मृगौला पीडित सरिता बरालले महिला खबरसँग खबरसँग दुःखेसो पोखिन् । उपचारमा २० लाख भन्दा बढि खर्च गरिसकेको उनले बताइन् ।

सरकारले मृगौला पीडितका लागि डायलिसिस निशुल्क गरिदिएपनि महङ्गो औषधी किन्नुपर्ने र राजधानी धाउदा र खाना बस्दामै सरा पैसा सकिएको सरिताका श्रीमान इन्द्र बरालले बताए । उनका अनुसार हप्तामै पाँच हजार भन्दा बढि खर्च हुने भएकाले नियमित डायलिसिस गर्न समेत समस्या भएको छ ।

यसभन्दा पहिलो उनले श्रीमतीको डायलसिस काठमाडौं वीर अस्पतालमा गर्ने गरेपनि अहिले भने तनहुँ दमौलीमा गर्ने गरेको उनले बताए
सरितालाई ससुरा तेजबहादुर खत्रीले मृगौला दिने सल्लाह भएपनि पैसा नभएकाले प्रत्यारोपण गर्न नसकेको उनले बताए । ‘ससुरा बुबाले मृगौला दिने भन्नुभएको छ, तर पैसा छैन । पैसा नभई कसरी मृगौला फेर्ने ?’ इन्द्रले भने ।

मृगौँला प्रत्यारोपण गर्न अस्पतालले १० देखि १२ लाख रुपैँया सम्म खर्च हुने बताएको छ । उनले श्रीमतिको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । ‘सहयोग गर्ने कोही भेटिए, मेरो श्रीमतिले अर्काे जीवन पाउनेथियो ।’ इन्द्रले भने । उनीहरुका १० वर्षका एक छोरा छन् ।

उहाँलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले इन्द्रको ग्लोबल आइएमई बैंक बेसिशहर शाखामा रहेको खाता नम्बर ९५०७०१०००१३५२ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: