पूर्णमायालाई न्याय दिन युएनद्धारा नेपाल सरकारलाई आग्रह


प्रकाशित मिति :2017-07-27 12:46:56

खेमा बस्नेत

काठमाडौं । विवाह भएकै दुई बर्षमा दैलेखकी पूर्णमाया(नाम परिर्वतन)का श्रीमानले दोस्रो विवाह गरे । यो पिडा सहन नसकेर उनी दुधे बच्चा(छोरी) लिएर श्रीमानको घर जुम्लाबाट दैलेख बसाइ सरिन् । दैलेखमै चिया पसल गरेर गुजारा गर्न थालिन् ।

२०५२\५३ तिरको कुरा सशस्त्र द्धन्द्ध चलिरहेको थियो । उनको पसलमा नेपाली सेनाहरु नियमित आएर माओवादी आए नआएको कुरा सोध्ने गर्थे । कहिलेकाही गालीगलोच गदै उनलाई माओवादीको सुराकी भएको आरोप लगाउथे ।

२०६० सालमा उनलाई फरक प्रश्न सोधियो । सेनाका लेफ्टिनेन्ट जे.टीले श्रीमान कहाँ छ ? के गर्छ भन्दै श्रीमानलाई एक महिनाभित्र दैलेख नबोलाए जुनसुकै परिणाम भोग्नुपर्ने भन्दै धम्की दिए । डराएकी पूर्णमायाले श्रीमानलाई फोन गरी बोलाइन् तर आएनन् । सेनाले भने पूर्णमायालाई धम्की दिन छाडेनन् ।

श्रीमानले दोस्रो विवाह गरेपछि विछडिएकी पूर्णमायाले विस्तारै जीवनलाई सहज बनाउदै थिइन् । सन् २००४ नोभेम्बर २३ गतेको दिउँसो उनका लागि औँसीको रात सावित भयो । त्यो दिन उनी घरमै व्यस्थ थिइन । सधैँझै घर आएका सेनाले उनलाई माओवादी हो भन्दै घिसादै भवानी बक्स व्यारेक लगे ।

त्यहाँ उनलाई आँखामा पट्टि बाँधेर श्रीमानको माओवादीसंगको सम्बन्धका बारेमा पाँच घण्टासम्म सोधपुछ गरे । उनले थाहा नभएको बताएपछि जे.टीले निर्घात कुटपिट गरे । त्यति मात्र नभएर जे.टी.ले सारी च्यातेर जबरजस्ती समातेर बलात्कार गर्न खोजे । नसकेपछि उनलाई कोठाभरी घिसादै ढोकामा टाउँको ठोकाइदिए । निधारमा चोट लाग्यो ।

रगतम्मे भएकी पूर्णमायाको पेटिकोट समातेर जे.टीले दुई पटक बलात्कार गरे । त्यसपछि अरु तीन जना सैनिकले उनलाई पुन बलात्कार गरे जबसम्म उनी बेहोस भइनन् ।

सोही रातको ८ बजेतिर उनलाई छिमेकीको पसल अगाडी लगेर छाडिदिएका थिए । छिमेकीले तत्काल अस्पताल पुयाएपनि गर्भाशयबाट बगीरहेको रगत जिल्ला अस्पताल सुर्खेतले रोक्न सकेन । उनी भएभरको सम्पति बेचेर उपचारका लागि भारतको लखनउ गइन । त्यहाँ गर्भाशयको शल्यक्रिया गराइन् । तर शल्यक्रियापछि पनि गर्भाशयमा संक्रमण देखियो ।

बलाकृत भएको थाहा पाएपछि उनलाई श्रीमानले घरखर्च पनि पठाउन छाडे । शारारिक र मानसिक रुपमा विछिप्त बनेकी पूर्णमाया पुन जुम्ला फर्किन् । सन् २००६ मा जिल्ला प्रशासन कार्यालय जुम्लामा आन्तरिक विस्थापितलाई दिइने क्षतीपूर्ती दाबी गर्ने गएको बेला उनले प्रमुख जिल्ला अधिकारीसामु घटनाको बेलिविस्तार गरिन् तर कारबाही गरेनन् ।

सन् २०११ मा हिक्मत जुटाएर आफूमाथी अत्याचार गर्ने व्यक्ति माथि उजुरी हाल्न जिल्ला प्रहरी दैलेखमा पुगिन् । तर प्रहरीले बलात्कार अपराधमा उजुरी दिने हदम्याद ३५ दिन भएको भन्दै उजुरी लिन मानेनन् । प्रहरी र प्रशासनबाट न्याय नपाएपछि उनी सर्वोच्च अदालत पुगिन् ।

सर्वोच्चले पनि सरकारी मुद्धा सम्बन्धी ऐन २०४९ को दफा ३(५) बमोजिम जिल्ला अदालतबाट बैकल्पिक उपचार नखोजेको भन्ने आधारमा निवेदन खारेज गरिदिए ।
सन् २०१२ मा पूर्णमाया पुनरावेदन गइन् त्यहाँ पनि उनको उजुरी स्वीकार भएन ।

बिना कारण यातना र सामूहिक बलात्कारको सिकार बनेकी उनलाई न्याप पाउनुको सट्टा पिडामाथि पिडा थप्ने काम भयो । पूर्णमायाले पूर्ण रुपमा हार मानिसकेकी थिइन् ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार समितिले २०१७ जुलाइ २३ मा  नेपाल सरकारलाई उनलाई न्याय दिन आग्रह गरेपछि थोरै आशा पलाएको छ ।
सन् २०१२ मै एड्भोकेसी फोरम र रिड्ेसले संयुक्त राष्ट्रसंघ मानवअधिकार समितिलाई पूर्णमायाको घटनामा गम्भिर मानवअधिकार उल्लंघन भएको र यसको जिम्मेवारी नेपाल सरकार भएको भन्दै उजुरी दिएको थियो ।

उजुरीपछि समितिले पूर्णमायामाथि यातना, स्ववेच्छाचारी थुना, अमानवीय व्यवहार र विभेद गरेको स्वीकार गर्दै नेपाल सरकारलाई घटनाका सवै पीडक पक्षलाई सजाय र पिडितलाई उपचार खर्च तथा उचित क्षतिपूर्ती दिन आग्रह गरेको हो ।

समितिले एक दशक लामो सशस्त्र द्धन्द्धका बेलामा महिलामाथि भएका बलात्कारका घटनामा अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिलाई दण्डित तथा पीडितलाई न्याय दिनुपर्ने भनेको छ । साथै यातनालाई फौजदारी अपराध बनाउन, बलात्कार पीडितहरुलाई न्याय प्राप्तिमा रहेका बाधा हटाउन, पीडितको सुरक्षा र गोपनियता सुनिश्तित गर्न समेत नेपाल सरकारलाई आग्रह गरेको छ ।

सर्वोच्चले सन् २०१५ मा बलात्कार मुद्धाको हदम्याद ३५ दिनबाट बढाएर १८० दिन पु¥याएपनि यो हदम्याद अनुसार सशस्त्र द्धन्द्धमा भएका घटनामा जाहेरी दर्ता गराउन पाउदैन ।

त्यसैले बलात्कारका घटनामा कुनै पनि हदम्याद हुुन नहुने र यस्ता घटनाका पीडकले उन्मुक्ति पाउन नहुने जवाफदेही निगरानी समितिका अध्यक्ष चरण प्रसाई बताउनुहुन्छ ।

एड्भोकेसी फोरमका दिर्नेशक ओमप्रकाश सेन ठकुरीले अन्र्तराष्ट्रिय समितिको निर्णयमाथि नेपाल सरकारले आवश्यक कदम उठाउनुपर्ने बताउनुभयो ।

नेपाल बार एसोसेशनका केन्द्रिय सदस्य विष्णुमाया भुसालले सशस्त्र द्धन्द्धका बेलामा भएका यौन हिंसाका पीडितहरुलाई सरकारले कुनै पनि हालतमा न्याय दिनुपर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: