छाउगोठमा सर्पले डसेर मृत्यु भएकी तुलसीको परिवार विरुद्ध उजुरी


प्रकाशित मिति :2017-07-27 12:35:51

-महिला खबर-

ललितपुर । महिनावारी भएको बेला छाउगोठमा बस्न बाध्य पार्ने परम्पराकै कारण छाउगोठमा सर्पले टोकेर युवतीको ज्यान गएको भन्दै परिवारका सदस्यविरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी परेको छ ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ६, लैनचौरकी १९ वर्षकी तुलसी शाहीको ज्यान गएको भन्दै परिवारका सदस्यहरुलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय दैलेखमा बुधबार जाहेरी पेश भएको हो ।

न्याय तथा अधिकार संस्था नेपाल (जुरी–नेपाल), सामाजिक सेवा केन्द्र (सोसेक), पत्रकार र स्वस्थ महिनावारी अभियन्ताको संयुक्त समूहले प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । जुरी नेपालका तर्फबाट अधिवक्ताद्वय विष्णुप्रसाद पोखरेल, शशी बस्नेत, सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापा, पत्रकार अमरबहादुर सुनार, स्वस्थ महिनावारी अभियन्ता राधा पौडेल र पत्रकार सम्झना पौडेल उजुरीकर्ता रहेका छन् ।

जाहेरीमा तुलसीकी आमा आमा धिर्जा शाही र दाजु प्रेम बहादुर शाही र झारफुकमा संलग्न धामीलाई कारबाही माग गरिएको छ । उनीहरुले लैंगिक एवं प्रथा परम्पराका आधारमा महिनावारी भएकै कारण घरमा सुत्न नदिएको कारण छाउगोठमा सर्पले टोकेको र तत्काल मेडिकलमा नलगी धामी झाँक्रीकोमा समय बरबाद गरेको कारण तुलसीको ज्यान गएको उल्लेख छ । साथै यो घटनामा परिवारका सदस्यहरुको लापरवाही भएकोले मुलुकी ऐन २०२० को अदलको १० ग नं. बमोजिम कानुनी कारवाहीको मागदाबी गरिएको छ ।

मुलुकी ऐन अदलको १० ग नं. मा ‘कसैले लैङ्गिक, आर्थिक, सामाजिक, साँस्कृतिक, प्रथा–परम्परा, वैवाहिक स्थिति वा जबरजस्ती करणीबाट पीडित भएको, कुनै रोग लागेको वा यस्तै अन्य कुनै आधारमा कसैलाई भेदभाव गरेमा छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ’ भन्ने कानूनी व्यवस्था छ ।

गत साउन असार २२ गते राति १० बजेतिरको समयमा तुलसी शाहीको छाउगोठमा सर्पले डस्दा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले छाउगोठमा सर्पले टोकेर परिवारका सदस्यहरुलाई कारवाहीको माग गरी पहिलो पटक र नौलो मुद्दा आएकोले आफू भन्दा माथिल्लो निकायमा सम्पर्क गरेर के कस्तो गर्ने निधो गरिने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: