महिला खबर
ललितपुर । सञ्चारिका समूहले पत्रकार महिलाका लागि आयोजना गरेको व्यवसायिक पत्रकारिता र सुरक्षा सम्बन्धी २ दिने तालिम बुधबार नगरकोटमा सम्पन्न भएको छ ।
इन्टरनेसनल मिडिया सपोर्टको सहयोगमा सञ्चालित तालिममा प्रदेश नम्बर ३ का १० जिल्लाबाट २५ जना पत्रकार महिला सहभागि भएका थिए । तालिममा समाचार कक्षाभित्र र समाचार संकलनका क्रममा पत्रकार महिलाले अपनाउनुपर्ने सुरक्षाका विषयमा छलफल भएको थियो ।
तालिमको प्रशिक्षक सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दु, पत्रकार उज्वल आचार्य, राधा चालिसे र भक्तपुर प्रहरी प्रमुख, किरण राना रहनुभएको थियो । तालिमको संयोजक सञ्चारिका समूहकी उपाध्यक्ष नितु पण्डितले रहनुभएको थियो ।
Comment Here!