सुरु भयो तीज तथा व्यापार मेला


प्रकाशित मिति :2017-07-28 16:46:31

महिला खबर

काठमाडौं । विन को–अपरेटिभ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा बिहिबारदेखि ललितपुरको याकपार्टी प्यालेसमा एघौरौं तीज तथा व्यापार मेला सुरु भएको छ ।

शनिबारसम्म संचालन हुने ३ दिने मेलामा ६० वटा स्टलमा महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरु विक्रिवितरणमा राखिएको संस्थाका व्यवस्थापक कलावती राईले बताउनुभयो ।

महिला उद्येमीहरुलाई हौसला प्रदान गर्नेका लागि मेला आयोजना गरिएको उहाँले बताउनुभयो । ‘महिलाहरुले उत्पादन गरेका सामाग्री बजारसम्म पु¥याउने र ग्राहकसंग सुमुधुर सम्बन्ध स्थापीत गराउने उदेश्यले मेला आयोजना गरेका हौ ।’ व्यवस्थापक राईले भन्नुभयो ।

मेलाले थप अरु महिला उद्यमी उत्पादन गर्न मद्दत मिल्ने र संस्कृति संरक्षण पनि हुने विश्वास लिएको राईको भनाई छ ।

मेलामा महिलाहरुको पर्व तीज लक्षित गरि राडी, कुर्ता सलवार लगायतका लत्ताकपडा, चुरापोते, व्याग जस्ता सामग्री राखिएको छ ।
मेलामा म्याग्दी, गोरखा, दाङ, काठमाडौं लगायत विभिन्न जिल्लाका उद्यमी महिलाहरु सहभागी भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: