स्वास्थ्यकर्मीको लापर्वाहीले सुत्केरीको ज्यान गएको आरोप


प्रकाशित मिति :2017-07-28 17:28:58

महिला खबर

सुनसरी । सुनसरीमा एक सुत्केरी महिलाको उपचारका क्रममा लापरवाही भएर ज्यान गएको आफन्तले आरोप लगाएका छन । बराह नगरपालिका ५ सिमरबनाका ३० बर्षीया तुलसा माझीको ज्यान गएपछि आफन्त आक्रोसित भएका हुन् ।

समयमा नै सालनाल नझरेपछि उपचारका क्रममा स्वास्थ्य प्राविधिकले गरेको गल्तीका कारण ज्यान गएको आफन्तको भनाई छ । घरमै सकुशल वच्चा जन्मिएको तर सालनाल नझरेपछि स्वास्थ्य प्राविधिक रामलाल ठाकुरलाई वोलाएका थिए । ठाकुरले हात हालेर सालनाल झिकेको केहिवेरमै ती महिलाको ज्यान गएको थियो ।

तुलसाका श्रीमान भीमलाल माझीले स्वास्थ्य प्राविधिकबाट लापर्वाहीले भएको भन्दै स्वास्थ्य प्राविधिकलाई कारवाहीका लागि प्रहरी गुहारेका थिए । इलाका पहरी कार्यालय चक्रघट्टीले ती स्वास्थ्य प्राविधिकलाई सोधपुछ गरेर छाडेका छन् । ती स्वास्थ्य प्राविधिकलाई सुरक्षाका दृष्टिकोणले मात्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

परिवारले भने प्रहरीले किटानी जाहेरी समेत लिन नमानेको वताएका छन । नवजात वालक भने सकुशल रहेको पारिवारले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: