सेनेटरी प्याड आँफै बनाएर प्रयोग गर्दै ग्रामीण महिला


प्रकाशित मिति :2017-07-30 13:01:06

इन्द्रसरा खड्का

बैतडी । पछिल्लो समय ग्रामिणस्तरका महिलाहरु छाउ(महिनावारी)भएपछि सरसफाइ गर्नुपर्छ भन्ने कुरामा सचेत हुन थालेका छन् । दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटकी लक्ष्मी भाट आफु महिनावारी भएको समयमा सेनेटरी प्याड प्रयोग गर्न थालेकी छिन् । सेनेटरी प्याडको प्रयोगले सरसफाईमा रहन सहयोग गर्ने कुरा थाहा पाएपछि सेनेटरी प्याड प्रयोग गर्न थालेको उहाँले बताउनुभयो ।

‘पहिला छाउ भएको बेला चारदिन सम्म ननुहाउँने चलन थियो । प्याड भनेको के हो थाहा नै थिएन । हामीलाई सामुदायिक सिकाइ केन्द्र श्रीकोटले सेनेटरी प्याड बनाउने तालिम दियो । त्यसपछि हामी गाउँघरका महिला आँफै घरमा प्याड बनाएर प्रयोग गर्न थालेका हाैँ’ उनले भनिन् । ३५ बर्षीया ईश्वरी भाट पनि महिनावारी भएको बेला सेनेटरी प्याड प्रयोग गर्न थालेकी छिन् । ‘सेनेटरी प्याडको बारेमा हामीलाई थाहा पनि थिएन । अहिले हामी आँफै बनाएर प्रयोग गर्छौं । यसले हामीलाई सजिलो भएको छ’ उनले भनिन् ।

महिनावारी भएको बेला समूहको बैठक बस्दासम्म जान नसक्ने ग्रामीण महिला अहिले नियमित बैठकमा जाने गरेका छन् । ‘महिनावारी भएको बेला रगत बग्ने र सबैको सामु बस्न पहिला अप्ठ्यारो भएर समूहको बैठकमा समेत जाँदैनथे । अहिले आँफै सेनेटरी प्याड बनाएर प्रयोग गर्न थालेपछि सजिलो भएको छ’ श्रीकोटकी शान्ति नाथले भनिन् । सेनेटरी प्याड बारे थाहा नै नभएका बैतडी दोगडाकेदार गाउँपालिकाका महिलाहरुले अहिले आफै बनाएर यसको प्रयोग गर्ने थालेका छन् । यसो गर्दा पैसाको बचतसंगै महिनावारकिो बेलामा सरसफाईबारे धेरै कुराको जानकारी पाएको महिलाहरु बताउछन् ।

स्वास्थ्य सामुदायिक सिकाइ केन्द्र श्रीकोटले दोगडाकेदार गाउँपालिकाका तीनसय बढी महिलालाई सेनेटरी प्याड बनाउने तालिम दिएपछि उनीहरुले प्याड प्रयोग गर्न थालेको सामुदायिक सिकाइ केन्द्रका रामचन्द्र अवस्थीले बताए । दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटका महिलाहरु अहिले समूहको बैठकमा पनि महिनावारी हुँदा कस्ता कुरामा ध्यान दिनुपर्छ,सरसफाईमा रहनु कतीको आवश्यक हुन्छ जस्ता विषयमा छलफल गर्ने गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: