दिल्लीबाट युवतीको उद्धार


प्रकाशित मिति :2017-07-30 14:51:38

– महिला खवर

कपिलवस्तु । भारतको दिल्लीमा एक महिनादेखि नजरबन्दमा राखिएकी नेपाली युवतीको उद्धार गरिएको छ । कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले भारतको दिल्लीबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएकी २४ वर्षीय युवती स्याङ्जाको पुतली बजार घर भई हाल तनहुँ दुलेगौंडा बस्दै आएकी थिईन् । उनलाई हेल्पप्रस देहरादूनको सहयोगमा दिल्लीको एक होटलबाट उद्धार गरी नेपाल फर्काएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।

मानव बेचविखन गर्ने दलालले सिंगापुर लगेर राम्रो काम लगाइदिने प्रलोभन देखाई दिल्लीको पहाडगञ्जस्थित स्वीट ड्रिम इन होटलमा एक महिनादेखि नजरबन्दमा राखिएको थियो । उनलाई होटलभित्रै नजरबन्दमा राख्ने होटल संचालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ ।

बाग्लुङ कुस्माकी ४४ वर्षीय सविना शेख नामकी मुस्लिम महिलाले सिंगापुर पठाउने भन्दै उनलाई भारतको दिल्ली पु¥याएकी थिइन् । विचौलियालाई ४ लाख रकम समेत बुझाएको उनले बताएकी छन् । आफूलाई होटलभित्रै नजरबन्द गरी राखेपछि युवतीले इन्टरनेटमार्फत कतार बस्ने आफ्नो फुपाजुलाई जानकारी दिएको बताइन् ।

उनकै फुपाजुले मानवअधिकारकर्मी देवेन्द्र भट्टराईलाई जानकारी गराएका थिए । देवेन्द्रबाट पाएको सूचनाका आधारमा पीआरसी संयोजक भूमिराज भट्टराई र नानुमाया भट्टराई किशोरीलाई उद्धार गर्न भारतको दिल्ली पुगेका थिए । भारतको देहरादूनस्थित हेल्पप्रस नामक संस्थाका संयोजक विशाल थापाको सहयोग लिई किशोरीको उद्धार गर्न सफल भएको पीआरसी संयोजक भट्टराईले जानकारी दिनुभयो ।

उद्धार गरिएकी किशोरीलाई विहीबार साँझ नेपाल ल्याईएको छ । उनलाई अहिले शान्ति पुनस्र्थापना गृहको कृष्णनगरस्थित पुनस्र्थापना केन्द्रमा राखिएको उहाँले बताउनुभयो । कक्षा १२ सम्म पढेकी उनले आमा गुमाइसकेकी छन् । उनको आमाको मृत्युपछि बुवाले सौतेनी भित्र्याएको उनी बताउँछिन् । सौतेनी आमाको यातना सहन नसकी उनी कामको खोजीमा विदेशिन लागेको बुझिएको छ ।

उनीले आफूसँगै अर्की महिलालाई विचौलियाले भारत लगेको बताएकी छन् । तर आफूलाई होटलमा नजरबन्द गरेपछि आफ्नो भेट नभएको किशोरीको भनाईलाई उदृत गर्दै पीआरसी संयोजक भट्टराईले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: