२ महिनामा ३ सुत्केरीको मृत्यु


प्रकाशित मिति :2017-07-30 14:53:44

–रमेश रावल–

कालिकोट । कालिकोट जिल्लामा बच्चा जन्माउन नसकेर पछिल्लो  २ महिनामा ३ महिलाले ज्यान गुमाएका छन ।
जिल्लाको रास्कोट नगरपालिका ६ कि ३८ वर्षीया गोरिकला फर्सालको प्रसुति ब्यथाले थलिएर शनिवार मृत्यु भएको छ । कालिकोट जिल्ला अस्पतालले जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएकी रास्कोट ६ की फर्सालको जुम्ला नपुग्दै कालिकोटको राचुलीमा मृत्यु भएको हो ।

शुक्रबारदेखि सुत्केरी ब्यथा लागेर रास्कोट नगरमा रहेको स्युना स्वास्थ्य चौकीमा पुगेकी फर्साललाई शनिवार बिहान ५ बजे जिल्ला अस्पतालमा पुर्याइएको थियो । जिल्ला अस्पतालमा साधारण र जटिल प्रकारका बिरामीको अप्रेसन गर्ने थ्रियटर कक्षहरुको मर्मत गर्दा थ्रियटर सामाग्रीहरुको सुरक्षा नगर्दा हाल दुई महिना देखि जिल्ला अस्पतालमा साधारण अप्रेसन समेत बन्द अबस्थामा रहेकोले सामान्य केसहरु पनि जूम्ला र सुर्खेत पठाउने गरेको जिल्ला अस्पतालका डाक्टर महेश्वर गोसाईले जानकारी गराए ।

आमाको पाठेघरमा बच्चा देखिएको अबस्थामा इमरजेन्सि अप्रेसन गरेर बच्चा झिकीदिएको भए आमाको ज्यान जाने थिएन् मृतक फर्सालका श्रीमान राम बहादुर फर्सालले बताउनुभयो ।

असार २६ गते कालिकोट चिलखायाका हरिसोभा सुनारले बच्चा जन्माउन नसकेर ज्यान गुमाएकी थिइन त्यसकै एक हप्ता पछि साउन ५ गते कालिकोट राष्कोट नगरपालिका ६ कै मनसोभा बिकको प्रसुति ब्यथाबाटै ज्यान गएको थियो ।

अस्पतालको थ्रियटर संञ्चालनमा आउन अझै दुई हप्ता लाग्ने अस्पताले बताएको छ । साधारण अप्रेसनबाट ज्यान जोगाउन सकिने भए पनि अस्पतालको लाचारीपनले महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको भन्दै कालिकोटबासी आक्रोसित भएका छन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: