–सन्दिप वि.क –
काठमाडौं । यहि साउन ५ गते महानगरीय प्रहरी अपराध महाशाखाले प्रलोभनमा पारि विदेश विदेश जान लागेकी एक युवती (राजमाया दुलाल नाम परिवर्तन) लाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै उद्दार गर्यो । दुवई हुँदै कुवेत पठाउन लागेकी युवतीलाई विशेष सुराकीको आधारमा अपराध महाशाखाले उद्दार गरेको हो ।
मानव वेचविखन तथा ओसारपसारको आरोपमा प्रहरीले स्याङ्जा कालिकोट नगरपालिका ६ घर भई हाल गंगबु बस्ने ५६ वर्षीय कृष्णबहादुर गुरुङ, झापा गोलडुवा ८ घर भई हाल गंगबु बस्ने ३४ वर्षीय खड्ग बहादुर वि.क र तेह्रथुम गोखे गाउँपालिका ८ घर भई हाल कोटेस्वर बस्ने ४३ वर्षीय डिल्लीश्वर लिम्बुलाई समेत पक्राउ गर्यो ।
रोल्पा जंकोट १ की रचना बुढा (नाम परिवर्तन) गत बैशाखमा दलाली मार्फत काठमाडौं स्वाय्म्भुबाट भारत पुगीन् । उनलाई करिब २ हप्ता भारतको नयाँ दिल्लीमा राखेर कतार हुँदै इराक पुर्यायो । उनले आफन्तलाई दिल्लीमा अन्य युवतीहरु समेत विदेशमा लैजान दलालिले राखेको फोन माफर्त बताइकी थिइन् । बुढा अहिले अवैधानिक रुपमा इराकमा काम गर्दै आएकी छन् ।
पछिल्लो समय नेपाली महिलाहरुलाई रोजगार दिलाउने नाममा दलालीले दिल्ली हुँदै अबैधानिक रुपमा इराक, कुवेत, ओमन लगायतका देशमा लैजाने क्रम बढ्दो छ ।
नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार ०७३-७४ मा २ सय ४ वटा मानव वेचविखान विरुद्ध उजुरी परेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७२-७३ को भन्दा १२ वटाले बढि हो । ७२-७३ मा १ सय ९२ वटा घट्ना घटेका थिए । यस्तै ७१-७२ मा १ सय ८१ वटा मानव बेचविखानका घट्नाहरु घटेको थिए ।
नेपाल प्रहरीका प्रवक्ता पुस्कर कार्कीले विदेश जाने सोच बढेसगैँ मानव बेचविखानका घट्ना बढेको बताउनुभयो । उहाँले बेचविखान घट्ना कम गर्न नेपाल प्रहरीले छुट्टै संयन्त्र मार्फत काम गरिरहेको बताउनुभयो ।
आइएओ आइपेकका अनुसार नेपालबाट वर्षेनी १० देखि १२ हजार महिला तथा बालबालिकाहरुको बेचविखान भैराखेको छ । महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मी समूह नेपाल(एडविन) की अध्यक्ष मिना विष्टका अनुसार नेपालमा मानव बेचविखानको आयम बढ्दै गएको बताउनुभयो । उहाँले बेचविखानको स्टेप अगाडि बढेको भन्दै नियन्त्रण गर्न सरकारलाई निरन्तर घचघच्याउनुपर्ने हुन्छ ।
श्रम तथा रोजगार मन्त्रालयका सह–सचिव गोविन्दमणि भूर्तेलले अवैधानिक रुपबाट विदेश जाने महिलाहरुको आधिकारिक तथ्याङक नभएपनि दलाली माफर्त भारत हुँदै बेचिने क्रम बढेको बताउनुभयो । अबैधानिक रुपमा विदेश जाँदा महिलाहरु मानसिक तथा शारिरीक श्रम शोषणमा पर्न बाध्य हुने बताउनुभयो ।
नेपालको मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण ऐन), २०६४ ले जीउ मास्ने बेच्ने अपराध वा मानव बेचबिखन तथा ओसारपसारको सम्वन्धी अपराध भएमा कसूर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुर गर्न सक्नेछन् भनिएको छ । यदि मानव बेचविखानको अपराध प्रमाणित भएमा कसुर अनुसार मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैँया सम्मको जरिवानाको व्यवस्था गरेको छ ।
Comment Here!