छुई प्रथा अन्त्य जनप्रतिनिधीहरुकै घरबाट


प्रकाशित मिति :2017-07-31 12:07:35

रमेश रावल

कालिकोट । छुईप्रथासँगै समाजमा रहेका कुप्रथाको अन्त्य गर्ने अभियान आफ्नै घरबाट सुरु गर्ने जुम्लाका जनप्रतिनिधिहरुले प्रतिवद्धता गरेका छन् । तातोपानी गाउँपालिकाका उपाध्यक्ष गंगादेवि उपाध्यायले पहिलो चरणमा छुई (छाउपडी) लगायतका कूप्रथाको अन्त्य आफ्नै घरबाट प्रयास थालिने बताउनुभएको छ । ‘छाउ प्रथा कुरितीका रुपमा हाम्रो समाजमा रहेको छ ।’ उहाँले भन्नुभयो,–‘त्यसको अन्त्य गर्न म आफु नै लाग्छु ।’

गाउँपालिकाद्धारा आयोजित छाउ प्रथा विरुद्धको जनचेतनामूलक कार्यक्रममा बोल्दै उपाध्यायले छाउ प्रथा हटाउन असजिलो भएपनि त्यसका बिरुद्ध अभियान नै संचालन गर्ने बताउनुभयो । ‘हाम्रो क्षेत्रमा यस्ता कुप्रथाले जरा गाडेका छन्, उहाँले भन्नुभयो,’यसलाई हटाउन सजिलो पक्कै छैन, यसको अन्त्यका लागि हामीले आफ्नै घरबाट सुरुवात गर्ने छौं ।’

यसका लागि गाउँपालिकाको शिक्षा, स्वास्थ्य र सरसफाइको कमी तथा सामाजिक कुप्रथाले समाजमा पारेको असरको अवस्था अध्ययन गरि त्यसकै आधारमा अगाडि बढ्ने उहाँको भनाइ छ । समाजमा रहेका कुप्रथा अन्त्य गर्न लामो समय लाग्ने भएकाले चेतना जगाउने कार्यक्रमहरु निरन्तर आवश्यक रहेको र यसका लागि आफूहरुले सक्दो प्रयास गर्ने गाउँपालिका अन्र्तगतका वडा अध्यक्षहरुले बताएका छन् ।

नेपालको पश्चिम र सुदुर पश्चिम क्षेत्रमा प्रचलनमा रहेको छाउपडी प्रथाबाट वर्षेनी दर्जनौं नारीहरुले अकालमा जीवन गुमाउँदै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: