संयुक्त लालपुर्जा लिन किसान महिला अग्रसर


प्रकाशित मिति :2017-07-31 13:10:15

-विदुर अाचार्य-

सिन्धुपाल्चोक । मध्य वर्षात्को समय अाधा रोपाईं सकेकी हेलम्बुकी पवित्रा चापागाई संयुक्त लालपुर्जा बनाउन खटिएकी छिन् ।

नयाँ आर्थिक वर्षको सुरुआत सँगै भूमिमा आफ्नो पनि अधिकार लिन उनी खटिएकी हुन् ।

पवित्रा जस्तै सिन्धुपाल्चोकका भूमिमा स्वामित्व नभएका कृषक महिला आफ्नो नामसहित संयुक्त लालपुर्जा बनाउन विधेयक २०७४ पास भएसँगै संयुक्त पुर्जा बनाउन नागरिकहरु अभिप्रेरित भएको जिल्ला मलपोत कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

‘पति अथवा पत्नी जो सुकैको नामको जग्गा पनि संयुक्त बनाउन सकिन्छ ।’ मालपोत कार्यालयको अधिकृत शान्ता बस्न्यातले भनिन् ।

उनका अनुसार पती पत्नीको प्रमाणित प्रतिलिपिहरु, सक्कल प्रमाण पत्र र सगोलनामाको लिखित पेश गरेमा एक सय रुपैयाँ राजस्व तिरेर संयुक्त पुर्जा बनाउने व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: