महिला खबर
काठमाडौं । मानवअधिकारका लागि महिला, एकल महिला समूहले काठमाडौँ, भक्तपुर र ललितपुर महानगर त्यस्तै नगर तथा गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष निर्मला ढुङ्गानाले निर्वाचित महिलाहरुलाई सम्मान गर्नुभएको हो । विजयी मध्ये ३७ महिला प्रतिनिधि सम्मान कार्यक्रममा उपस्थित थिए । यसअघि सो संस्थाले विभिन्न प्रदेशका स्थानीय तहमा विजयी एकल महिला जनप्रतिनिधिलाई सम्मानित गरेको थियो ।
Comment Here!