‘जर्बजस्ती करणीका घटना बढ्दो’


प्रकाशित मिति :2017-08-01 13:44:24

–सन्दिप वि.क–

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका ६ की ५ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा विर्तामोड प्रहरीले यही साउन ८ गते सोही नगरपालिका ४ का वर्ष ४४ का सुमन भन्ने समान वि.कलाई पक्राउ गर्यो ।

 वि.कले साउन ७ गते बालिकालाई आफ्नै घरमा बोलाएर जर्बजस्ती करणी गरेको बालिकाका आफन्तले बताएका छन् । विकलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको विर्तामोड प्रहरी कार्यालयका प्रहरी नायक निरिक्षक नन्दकुमार गुरुङले बताउनुभयो । झापामा मात्रै आर्थिक वर्ष २०७३-७४ मा जर्वजस्ती करणीका १९ वटा घटना दर्ता भएका छन् । जुन ०७२-७३ को भन्दा १० वटाले बढि हो । ०७२-७३ मा ९ वटा घटना दर्ता भएका थिए ।

बारा महागढी नगरपालिका १० गंजभवानीपुरकी एक ३० वर्षीया महिलालाई आफ्नै घरमा एक्लै बसिरहेको बेला जबरजस्ती करणी गरेको अभियोगमा साउन १४ गते जिल्ला प्रहरी कार्यालयले प्रसौनी गाउँपालिका ६ इटियाहीका ३० वर्षीय सन्तोष तिवारीलाई पक्राउ गर्यो । अभियुक्त तिवारीलाई म्याद थप गरि मुद्धा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायक उपरिक्षक दिलिप घिमिरेले बताउनुभयो । बारामा आ.व ७३-७४ मा मात्रै १८ वटा जर्वजस्ती करणीका घटना भएको घिमिरेले बताउनुभयो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोट रागिनी हाईटमा १४ वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको अभियोगमा यहि साउन ३ गते एक युवालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने १८ वर्षीय प्रकाश उप्रेती रहेका छन् । उप्रेतीले गत असार १८ गते रामेछाप मन्थली ४ घर भई हाल काठमाडौं महानगरपालिका १६ सोह्रखुट्टे बस्ने बालिकालाई जवर्जस्ती करणी गरिएको आरोप लगाइएको छ ।

साउनको दुई सातामा भएको यि घटनाहरुले पनि नेपालमा पछिल्लो समय जर्वजस्ती करणीका घटना बढ्दै गएको देखाउँछ । नेपाल प्रहरीको पछिल्लो तथ्याङक अनुसार आर्थिक बर्ष २०७३-०७४ मा एक हजार १ वटा जर्वजस्ती करणीका घट्ना भएका छन् । जुन गत आ.व २०७२-७३ को भन्दा ३८ ले वढि हो । ०७२-७३ मा ९ सय ६३ वटा घट्ना घटेका थिए । त्यस्तै ०७१-७२ मा भने ९ सय ८१ वटा घट्ना घटेका थिए ।  यसैगरि, आर्थिक बर्ष २०७३-०७४ जर्वजस्ती करणी उद्योगमा ४ सय ८४ वटा घटना दर्ता भएका छन् । जुन २०७२-७३ को भन्दा ७२ ले बढि हो ।

प्रहरीका प्रवक्ता पुस्कर कार्कीले भने पहिले गाउँघरमै मिलाउने यस्ता घटनाहरु अहिले बाहिर आउन थालेसगै संख्यात्मक रुपमा बढेको देखिएको बताउनुभयो । ‘पहिले गाउँघरमा मिलमिलाप गर्ने गरिएका यस्ता घटनाहरु प्रहरीमा रिपोटिङ गर्ने क्रम बढेको छ । यसले पनि संख्या बढेको देखिन्छ ।’ कार्कीले भन्नुभयो ।

महिला सम्बन्धि सरोकार राख्ने संघ–संस्थाका कारणले पनि महिला हिंसाका घटना बाहिरा आउन थप टेवा पुगेको उहाँको भनाई छ । घटना हुन नदिन र भैसेपछि पीडकलाई कारबाहीको दायरामा ल्याउन प्रहरी सधै अग्रसर रहेको उहाँले बताउनुभयो ।

अधिवक्ता विष्णु पोखरेलले जवजस्ती करणीका घटनाको प्रकृति हेरर कारबाही हुने बताउनुभयो ।  जवर्जस्ती करणी भएको प्रमाणित भएमा मुलुकी ऐनको जवर्जस्ती करणी महल अनुसार १० वर्ष भन्दा माथि र १४ वर्ष भन्दा मुनिका बालिका माथि जवर्जस्ती करणी भए १२ वर्ष सम्म जेल सजाय हुने कानुनी व्यवस्था भएको पोखरेलको भनाई छ ।

‘परिस्थिति र महिलाको उमेर हेरी दण्ड सजाय’

नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले करणी सम्बन्धि कसूरमा कसैले जवर्जस्ती करणी गर्न नहुने भनिएको छ । जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी दण्ड सजाय हुनेछ ।

विद्येयकमा यदि दश वर्ष भन्दा कम उमेरकी बालिका भए दश देखि पन्ध्र बर्षसम्म, दश वर्ष वा दश भन्दा बढी चौध वर्ष भन्दा कम उमेरकी बालिका भए ६ वर्ष देखि दश वर्षसम्मको कैद हुने भनिएको छ ।

यदि चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्ष भन्दा कम उमेरकी बालिका भए ६ वर्ष देखि दश वर्ष सम्म, सोह्र वर्ष वा सोह्र वर्ष भन्दा बढी अठार वर्ष भन्दा कम उमेरकी महिला भए पाँच वर्ष देखि आठ वर्षसम्म र अठार वर्ष वा अठार वर्ष भन्दा बढी उमेरकी महिला भए चार वर्षदेखि सात वर्ष सम्म कैद हुने भनिएको छ ।

मूलुकी ऐनको संशोधित रुप देवानी संहिताको प्रतिवेदन हाल संसदमा छलफलको क्रममा रहेको छ । संसदमा पारित भएसगैँ यो कानुन २०७५ साल भदौ १ गतेदेखि लागू हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: