आत्मरक्षामा अब्बल बन्दै मधेशका किशोरी


प्रकाशित मिति :2017-08-01 14:35:04

पार्वती पाण्डे

कपिलवस्तु । महाराजगञ्ज नगरपालिका ६ कपिलवस्तुकी कृतिका कसैसँग आफ्ना कुरा प्रष्ट राख्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न सक्दिनथिन् । तर अहिले उनको यो अवस्था फेरिएको छ । आफ्नो सुरक्षा आफै गर्न सक्ने आत्मविश्वास आएको छ उनमा । फुर्तिलो शरीर, निर्डर र आँटिलो भएकी छिन् ।

आफूमाथि हिंसा, आक्रमण, भएमा रोक्न सक्ने आत्मविश्वास प्रतिरक्षा तालिमपछि उनमा आएको छ । घरबाट कहिल्यै ननिस्किने उनी बाहिर आई आत्मरक्षाको प्रशिक्षण लिएपछि रातसाँझ हिँड्दा नडराउने भएको बताउँछिन् । ‘अब आफ्नो मात्र होइन गाउँका दिदी बहिनीहरुलाई पनि आफ्नो प्रतिरक्षा कसरी गर्ने सिकाउँछु ।’ उनले भनिन् । उनलाई जस्तै खुशी कज्रहवाकी सत्यभामा त्रिपाठीलाई पनि लागेको छ । यस तालिमले खेलाडिको रुपमा पहिचान बनाईदिएको र अगाडि बढ्न हिम्मत बढाएको उनको भनाई छ ।

जिल्लाका महिला असुरक्षित छन् । महिला माथि हिंसा भईरहन्छ । हिंसाको प्रतिकार गर्न आत्मरक्षा प्रशिक्षण किशोरीहरुका लागि उपयोगी भएकाृ सत्यभामाले बताईन् । न्यायमा पहुँच परियोजनाले दिएको आत्मरक्षा तालिममा सहभागी भएपछि प्रिती चौधरीलाई हिंसाको प्रतिकार गर्न मधेशका महिलालाई पनि सिकाइयो भने महिला हिंसा घट्ने रहेछ भन्ने लागेको छ । तालिमले किशोरीहरुलाई आफ्नो सुरक्षा आफै गर्न सक्ने , नेतृत्व स्थापित गर्न सक्ने साहस मिलेको उनको भनाई छ .

परियोजनाले जिल्लाका २० जना किशोरीहरुलाई यो तालिम महाराजगञ्ज नगरपालिकामा प्रदान गरेको हो । मानवअधिकार र सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन ) को आयोजना सञ्चारिका समूह नेपाल, न्याय तथा अधिकार संस्थाको सहकार्यमा न्यायमा पहुँच परियोजनाले तालिम दिएको संयोजक रोश्ली पोखरेलले जानकारी दिईन् । किशोरीकोे न्यायमा पहुँच , र नेतृत्व विकास हो गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको उनले बताईन् ।

जिल्लामै पहिलो पटक मधेशी किशोरीहरुलाई लक्षित गरि आत्मरक्षाको तालिम राखिएको परियोजनाका जिल्ला संयोजक जियाउल मनिहारले बताए । तालिमको सोमवार एक कार्यक्रमका साथ तौलिहवामा समापन गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: