महिला खबर
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा महिलाहरु हिंसामा पर्ने गरेको भन्दै महानगरीय प्रहरीले सेफ्टी पिन अभियान चलाउने भएको छ । अभियान तीन महिलासम्म सञ्चालन हुनेछ ।
महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) बमबहादुर भण्डारीले अभियान अन्र्तगत जनचेतनामूलक कार्यक्रमसगैँ कानुनी कारबाहीको लागि स्टिङ अप्रेसन समेत गरिने बताउनुभयो ।
अभियान अन्र्तगत सार्वजनिक यातायातमा तीन जनाको टोली खटिनेछ । त्यो टोली सवारी साधनमै हुनेछन् । टोलीले महिलामाथि हिंसा भएमा कारबाही गर्ने बताइएको छ ।
अभियान सञ्चालन गर्न यातयात व्यावसायी महासंघ, यातायता व्यवसायी संघ, बागमती अञ्चल समिति र सामुदायिक सेवा उपत्यका समन्वय परिषद्का साथै सामुदायिक सेवा केन्द्रको समेत समन्वय रहेको छ ।
Comment Here!