महिला खबर
दोलखा । श्रीमतीलाई अनुहारमा तातो तेल खन्याएर फरार भएका दोलखा बैतेश्वर गाँउपालिका– ६ नाम्दुका कुमार तमाङलाई प्रहरीले पक्राउ गरेको छ । घरमा खाना बनाउँदै गरेको अवस्थामा ३५ वर्षीया श्रीमती उर्मिला तमाङको अनुहारमा तातो तेल खनाएर फरार रहेका ३६ वर्षका कुमारलाई मंगलबार नाम्दुबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो ।
गत जेठ २२ गते बेलुका तामाङले श्रीमती उर्मिलालाई अनुहारमा तातो तेल खन्याएका थिए । तमाङलाई हिरासतमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको पनि प्रहरी नायव उपरीक्षक कार्कीले बताउनु भयो ।
Comment Here!