‘पर्म’मै पक्की घर


प्रकाशित मिति :2017-08-03 10:16:42

विदुर आचार्य

सिन्धुपाल्चोक । इन्द्रावतीको तीर । सासाना टहरोको लाइनमा केही घर पक्की बन्दै छ । कुनैमा ढलान हालेर छोडिएको छ त केही वाल लगाउदै गरिएको छ । कुनै घर भने तयार भएर घरमुलीको प्रतिक्षामा बसेझैं चिटिक्क छ । मध्य वर्खामा खेतीबारीमा भेटिने किसानहरु घर बनाउन व्यस्त छन् ।

गाउँघरमा पर्ममा खेती चलाए जस्तै माझी समुदायका महिलाले भूकम्प पछि पर्म गरेर घर बनाउन जुटेका हुन् । सोमवार मध्यान्हनको चर्को गर्मीमा ३५ वर्षकी सुनमती माझी रड बाँध्दै थिईन् । माझी छिमेकीको घर बनाउन खटिएकी हुन् । उनीजस्तै चौतारा साँगाचोकगढी – ११ का माझी समुदायले आलो पालो पर्म चलएर पक्की घर निर्माण गरेका छन् ।

पर्म चलाएरै यो समुदायको ३६ वटा पक्की (आर सी सी) घर बनेको छ । विनासकारी भूकम्पले माझी समुदायका शतप्रतिशत घर भत्किएको थियो । पर्म गरेर नै शतप्रतिशत आवास निर्माण गरेपछि आवास अनुदान तेस्रो किस्ता सिफारिस भइसकेको छ ।

‘तीन महिना भयो पर्ममा घर वनाउने काम गरेको’, स्थानीय अञ्जु माझीले बताइन् । अञ्जुले तीन महिना अघि सात दिने डकर्मी तालिम लिएकी थिइन् । ‘पहिले त घर वनाउने काम गर्न सकिन्छ भन्ने सोचेकै थिइन, तालिम लिएपछि त्यस्तो गाह्रो लागेन ।’ अञ्जु थप्छिन्, ‘भूकम्पले घर भत्काए पछि बस्न धेरै सकस भएको छ, त्यसले पनि हामीले छरछिमेक सवैको घर पालैपालो बनायौं ।’ डकर्मी काम गर्न आफु दक्ष भएको बताउँदै अरु महिलाहरुलाई दक्ष बनाएर ठेकेदार वन्ने अञ्जुको योजना रहेछ ।

यो समुदायमा पुननिर्मित घरको अवस्था अवलोकन गर्ने व्यक्ति हुन् सीता माझी । सात दिने डकर्मी तालिम लिएकी सीताले सवै घरको हरेको तहमा अनुगमन गरेको बताउँछिन् । ‘हामीले मापदण्डलाई पुर्ण अबलम्वन गरेका छौ ।’ घर ढलान गर्दे गर्दा भेटिएकी सीता निर्माण सामाग्रीको अनुपात मिलाउन सिकाउँदै थिईन् ।

दुई दिने पुनर्ताजकीकरण, सात दिने डकर्मी तालिम तथा चालीस दिने सीटिईभिटीको मान्यता प्राप्त डकर्मी तालिमले यो समुदायका प्रत्येक घरलाई लाभान्वित गरेको छ । आवास अनुगमन, सहजिकरण तथा समन्वय गरिरहेका बाजुराम थापामगर भन्छन्, ‘स्थानीय स्रोत साधन प्रयोग गरी आलोपालो आवास निर्माण गरेको यी सवै आवास संरचना पुर्ण सुरक्षित बनाईएका छन् ।’

अलोपालो आवास निर्माण गरेका सवै घरमा पर्म लगाउन अधिकांश महिला सहभागि भएका छन् । तालिम पाएपछि महिलाहरु कामका लागि सक्षम भएका हुन् । काम गर्न सक्ने घरका जनशक्ति पर्म लगाउन जाने गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: