दुई जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी महिलालाई


प्रकाशित मिति :2017-08-03 14:25:38

–महिला खबर –

काठमाडौं । प्रहरी मुख्यालयले दुई जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी महिलालाई दिएको छ । मुख्यालयले ७० जना एसपीको सरुवा गर्दा प्रहरी उपरीक्षक एसपी मिरा चौधरी र दुर्गा सिंहलाई धनुषा र दाङको जिम्मेवारी दिएको हो । यि दुई जिल्ला हिंसा र अपराधिक घटना हुनेमा निकै संवेदनशील मानिन्छ ।

चौधरी सिआइबीमा कार्यरत हुनुहुन्थ्यो भने सिंह प्रहरी प्रधान कार्यालय बालबालिका सेलमा हुनुहुन्थ्यो । एसपी सिंहले आफू दाङको प्रमुख भएसगैँ सो क्षेत्रको शान्ति सुरक्षामा विशेष जोड दिने बताउनुभयो ।

महिला खबरसँग कुरा गर्दै उहाँले न्यायमा सबैको ढोका खुल्ला रहने बताउनुभयो । अन्य जिल्लाको तुलनामा दाङ संवेदनशील जिल्लाको रुपमा लिइन्छ । उहाँ दाङमा प्रहरी प्रमुख हुने पहिलो महिला हुनुहुन्छ ।
चापागाउँको प्रहरी वृतको जिम्मेवारी सम्हालेकी सिंहले आफ्नै प्रहरी निरीक्षकलाई जेल हालेर चर्चा कमाउनुभएको थियो ।

एसपी चौधरी अपराध महाशाखामा हुँदा गुण्डा नाइके दिनेश अधिकारी चरी इन्काउन्टरमा मारिएका थिए । एसपी चौधरीले आफू अहिले सिआइबीमै रहेको र केही दिनमै प्रमुखको जिम्मेवारी सम्हाने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: