परिवर्तनको पालो पुरुषको


प्रकाशित मिति :2017-08-03 11:24:48

-सिर्जना काफ्ले-

समाज शक्ति सम्बन्धले सञ्चालित छ । त्यो शक्ति समाजका महिला, पुरुष, धनी, गरिब, नोकर, मालिक, सामन्त, दासको सम्बन्धमा नै निहित छ । शक्ति जहाँ सन्तुलित छ त्यहाँ न्याय र समानताको अवस्था राम्रो छ । जहाँ यसको खाडल गहिरो छ, त्यहाँ समस्याका चाङ, असमझदारीका थुप्रा छन्, त्यहाँ गरिबी छ, असमानता छ, अन्याय व्याप्त छ । त्यसैले अविकसित समाजको सामाजिक मनोविज्ञान ठूलो बन्नुमा छ, समान बन्नुमा होइन । जबकि समानताविना समाज विकास सम्भव छैन ।

शक्ति हुनेले शक्तिहीनलाई दमन, अन्याय, अत्याचार गर्ने र अप्ठ्यारोमा पार्ने शदीयौंदेखि समाजमा व्याप्त प्रवृत्ति हो । हाम्रो समाज वर्गीय रूपमा विभाजित छ । आर्थिक रूपमा वर्गको निर्माण गरी समाज वर्गीकरण हुने समाजमा सबैभन्दा धेरै अन्याय, अत्याचार, शोषणको गुन्जायस रहेको हुन्छ ।

हाम्रो समाजमा सीमान्तकृतहरूको स्थितिलाई वर्गीय दृष्टिकोणबाट विश्लेषण गर्दै वर्गीय विभेद अन्त्य नगर्दासम्म समतामूलक समाज स्थापना हुन सक्दैन । अहिलेको शक्ति पुरुषसंग छ, महिला शक्तिहीन छन् । अब महिला पनि शक्ति सम्पन्न हुनको लागि आपूmसँग भएको कमी शक्ति आर्जन गर्ने दिशामा मोडिनुपर्छ भने पुरुषको मान सिक्दा परिवर्तन गराउने विषय पनि उत्तिकै महत्वपूर्ण छ ।

महिला पनि केही समययता विविध ढंगले अगाडि आएका छन्, तर यो अवस्थासम्म आइपुग्न उनीहरूको पारिवारिक अवस्थादेखि, समाजसँग अनेक संघर्ष गरेर आएका छन् । महिलाले आपूmलाई परिवर्तन गर्दै आफ्ना सबै जिम्मेवारी र कर्तव्य पूरा गर्दै, आफ्ना सबै भूमिका निर्वाह गर्दै अस्तित्वको लडाइँ लडिरहेकै छन् ।

अब पालो पुरुष परिवर्तनको हो । पुरुष परिवर्तन हुने समय कहिले आउँछ ? के पुरुष कहिल्यै परिवर्तन हुनुपर्दैन । जहिले बौद्धिक विलास र महिलाकै आडमा शक्तिवान् बन्ने दिवास्वप्नमै हराउने हो ? के पुरुषको घर, परिवार, छोराछोरीप्रतिको आर्थिक जिम्मेवारी मात्रै हो ? अब महिलाहरू धेरै अघि आइसके, अबको पालो पुरुष परिवर्तनको त्यो व्यवहारिक परिवर्तनको । आज देशमा थुप्रै संघ÷संस्था महिलाको लागि कार्यक्रम सञ्चालन गरिरहेका छन् ती कार्यक्रमको मोडेल र ढाँचामा पनि परिवर्तन ल्याउन जरुरी छ । किनकि महिलाको मुद्दा, महिलासँग मात्र सम्बन्धित हुँदैन।

यो त त्यही शक्तिसँग सम्बन्धित छ, जुन शक्तिले महिलाको स्वतन्त्रता खोसेको छ, त्यसैले परिवर्तन त त्यो शक्तिको व्यावहारिक परिवर्तनको हो । त्यो शक्ति भनेको पितृसत्ता हो, पितृसत्ताको एउटा स्वरूप भनेको पुरुष मानसिकता हो ।

राजनीति फेसनको लागि हो भने यसमा भन्नु केही रहेन, तर परिवर्तनको लागि हो भने परिवार, विवाह र त्यसपछिको सम्बन्धले समाजमा पारेको प्रभाव वा शक्ति सम्बन्धमा आएको फेरबदलको विश्लेषण आवश्यक छ ।

केही दिन पहिले एकजना आफूलाई बौद्धिक भन्ने भद्रभलाद्मी गफिँदै थिए, महिलाका शत्रु महिला नै हुन् । यो समाजमा पुरुषका शत्रु पुरुष छैनन् ? कि पुरुषहरू समाजमा सधैं सबैसँग मिलेर बसेका छन् । पुरुष ‘इगो’ कै कारण समाजमा मारकाट हिंसा, बलात्कारले सिकार भएको समाजले कसरी बिर्सन सक्छ ? दिनैपिच्छे बालिका बलात्कारजस्ता जघन्य अपराध यो समाजमा कोबाट भएको छ ? आज हरेक महिलालाई आफ्नो जीवनमा विविध खालका हिंसाबाट पीडित बनाउने को हो ? अनि त्यही पुरुषको तर्क महिलाको शत्रु महिला नै हुन् भन्ने तर्क कति तर्कसंगत छ ।

शक्ति हुनेले शक्तिहीनलाई दमन गर्छ, शोषण गर्छ यो सर्वमान्य हो । यो सोच महिलामा हुँदैन भन्ने होइन तर यो समाजको मूल प्रवृत्ति के हो ? महिला र पुरुषको असमान शक्ति सम्बन्धले सामाजिक सांस्कृतिक, आर्थिक रूपमा महिलालाई पछाडि पारियो या महिलाका कारणले महिलालाई पछाडि पारियो ? दुईचारवटा घटनालाई मूल प्रवृत्ति बनाएर समाजमा व्याप्त पुरुषवादी चिन्तन पितृसत्ता जस्ता सामाजिक रूपमा रहेको विषालु चिन्तनलाई निस्तेज बनाउने यो पुरुषवादी चिन्तनकै उपज हो भनेर किन नभन्ने ?

यी सबै हुँदाहुँदै पनि महिलाहरू सामाजिक सन्तुलनका पक्षमा हुन् सामाजिक सद्भावसहितको सामाजिक व्यवस्था स्थापना गर्न चाहन्छन् । महिलाले पुरुषको स्थान खोस्न खोजेका होइनन् महिलाले त महिलाजस्तै भएर बाँच्न पाउने अधिकारको खोजी गरेका हुन् । अझ नेपाली महिलाले त स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारका लागि लडेका हुन् अब पालो पुरुष परिवर्तनको हो । कति संयम र सहनशील छन् महिला त्यसैले त यो समाज जस्तो भएको छ, बस्नलायक भएको छ ।

महिला चुलो, चौको, बालबच्चा, खेतीपातीदेखि संसद् हुनै राष्ट्रपतिसम्म परिवर्तन भएर देखाए, अब परिवर्तन पुरुषजातिको, अब पुरुषको पालो चुलोचौको र बालबच्चा स्याहारसम्भारको, त्यसमा सहभागिताको, त्यसमा साथको, मायाको, घरेलु श्रमको वर्गीकरण र त्यसमा सहभागिताको । अब तपाईं जतिसुकै बुद्धिमान हुनुहोस्, ठूलै पदमा विराजमान हुनुहोस्, तर महिलालाई थोपरीको ओभरलोडलाई व्यवहारमा सहयोगी बन्नुभएन भने पुरुषको मूल्यांकन अरू कुनै कसीले पनि मापन हुन सक्दैन ।

तपाईं सजायबिनाको अपराधी र दोषी भएर समाजमा सम्मानित हुन पाउने अधिकार तपाईंहरूलाई छैन त्यसैले घरको काममा मन लगाउनुहोस् अनि मात्र तपाईं योग्य, सक्षम र दक्ष पुरुष भनौंला होइन भने तपाईं मुखमा राम राम बगलीमा छुरावाला पुरुष नै हो । कतिपय पुरुष जो घरायसी काममा सहभागी भएर उदाहरणीय बन्नुभएको छ । उहाँहरूप्रति नमन छ, सम्मान छ ।

समाजशास्त्रले परिवार, विवाहजस्ता विषयलाई समाजको महत्वपूर्ण एकाइका रूपमा स्वीकार गर्दछ । यसको अर्थ, यसमा महिला-पुरुष दुवैको भूमिकालाई उत्तिकै गणना गरिएको छ । जब परिवारको महत्वलाई स्वीकार गरिन्छ भने त्यसभित्रको सम्बन्ध हरेक हिसाबले सुमधुर हुनुपर्छ । यसको परिणाम समाज विकासको क्रममा अनुभूत गर्ने, मापन गर्ने र त्यसको महत्व बढाउँदै लैजाने नै प्रमुख उद्देश्य हो ।

राजनीतिशास्त्रले राज्यको हरेक नागरिकको अधिकारलाई राज्यले संरक्षण गर्दै परिवार, विवाह, महिला पुरुष राज्यमा कानुनी रूपमा संलग्न छन् । यी सबै युनिटहरू समाज र राजनीतिसँग जोडिएको छ, त्यहाँको सम्बन्धको विश्लेषण आवश्यक छ कि छैन भन्ने बहस आवश्यक छ । राजनीति फेसनको लागि हो भने यसमा भन्नु केही रहेन, तर परिवर्तनको लागि हो भने परिवार, विवाह र त्यसपछिको सम्बन्धले समाजमा पारेको प्रभाव वा शक्ति सम्बन्धमा आएको फेरबदलको विश्लेषण आवश्यक छ ।

‘जेन्डर’ अध्ययनले ९० को दशकमा आएर पुरानो काम गर्ने शैलीलाई महिला सशक्तीकरणबाट, महिला-पुरुषको समविकासलाई जोड दिएको थियो । यो सिद्धान्त आपैmंमा सही र ठीक होला तर अबका मोडेल महिलाको सवालमा पुरुष परिवर्तन हुने मोडेलको आवश्यकता महसुस भएको छ ।

साभार : अन्नपूर्ण पोष्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: