-ज्ञानु पंगेनी-
नवलपरासी। नवलपरासीकी निर्मला पौडेल युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
नवलपरासीमा लामो समयदेखि एच. आई. भि. संक्रमितहरुको उपचार, हेरचाह तथा सहयोगमा कार्य गर्दै आउनुभएकी पौडेल लुम्बिनी प्लस नवलपरासीकी अध्यक्ष समेत हुनुहुन्छ ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले बुधवार काठमाडांैमा भएको कार्यक्रममा उहाँलाई ५० हजार नगद सहित सम्मान गर्नुभएको हो ।
एच .आई. भि .को क्षेत्रमा सक्रिय भएर जिल्ला तहमा काम गरेका कारण उहाँलाई यो सम्मान प्रदान गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । पौडेल आफैपनि एच. आई. भि संक्रमित हुनुहुन्छ । उहाँले विगत १५ वर्षदेखि जिल्लामा संक्रमितमाथी हुने विभेद विरुद्ध वकालत गर्दै आउनुभएको छ ।
उहाँले जनचेतनामूलक काम, रोकथामका लागि विभिन्न संघसंस्थासँग समन्वय गरि कार्यक्रम संचालन र संक्रमितका लागि शिपमुलक तालिम जस्ता कार्यक्रम समेत प्रदान गर्दै आउनुभएको छ । उहाँ लुम्बिनी प्लसकी संस्थापक अध्यक्ष हुनुहुन्छ ।
Comment Here!