८३ वर्षमा नागरिकता !


प्रकाशित मिति :2017-08-03 12:28:52

-लक्ष्मण पोखरेल-

बुटवल : जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा नागरिकता लिनेको ठूलै भीडको बीचमा थिइन्, ८३ वर्षीया महारानी थारू । बुढ्यौली उमेरमा लौरोको सहारले बेन्चमा बसिरहेकी उनको मन खुसीले गदगद थियो । किनकि, उनले बल्ल नेपाली नागरिकता हात पार्दै थिइन् ।

साँझको झिसमिसेमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले उनलाई नागरिकता थमाए । ओल्टाई-पल्ट्याई गरेर हेरिन्, मुसुक्क हाँसिन् । जब नागरिकता हात पर्‍यो, उनलाई चिन्ता भयो वृद्धाभत्ताको ।

नागरिकता नभएकै कारण उनले २३ वर्षअघि नै पाउनुपर्ने सामाजिक सुरक्षाबापतको भत्ता पाएकी थिइनन् । जब साउन १२ गते नागरिकता बन्यो, उनी हकदार बनिन् । उनको जन्म १९९१ भदौ २ गते चिल्हियामा भएको नागरिकतामा उल्लेख छ । नागरिकता नहुँदा उनले कुनै पनि सामाजिक सुरक्षा भत्ता पाउन सकेकी थिइनन् । पति बोधेप्रसाद थारूको नागरिकता बन्दासमेत महारानीको बन्न सकेको थिएन ।

पति बोधेप्रसादको २०५० सालमा निधन भएको थियो । ‘सुरुमा वास्ता भएन, पछि विभिन्न झमेलाले गर्दा नागरिकता बन्न सकेको थिएन’, महारानीका छोरा बर्मा थारूले भने । स्थानीय जनप्रतिनिधिको सक्रियतामा उनले नागरिकता प्राप्त गरेकी हुन् । नागरिकता प्राप्त गरेकोमा उनी निकै खुसी छिन् । नागरिकता बनेसँगै उनले सामाजिक सुरक्षा भत्ताका लागि पनि आवेदन दिएकी छिन् भने मतदाता नामावलीमा नामसमेत लेखाएकी छिन् ।

नागरिकता नभएकै कारण महारानी थारूले २३ वर्षअघि नै पाउनुपर्ने सामाजिक सुरक्षाबापतको भत्ता लिन पाइनन् । जब नागरिकता बन्यो, उनी हकदार बनिन्।

‘नागरिकता बनेपछि उहाँ (आमा) निकै खुसी हुनुहुन्छ’, मंगलबार बिहान छोरा बर्माले भने, ‘अब भत्ता पाइने भयो भन्ने आस जागेको छ ।’ स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा वडाध्यक्षका उम्मेदवार चेतनारायण भण्डारीसमेत महारानीको घरमा पुगेका थिए । त्यस क्रममा उनले आफूको नागरिकता नभएको, जसका कारण वृद्धभत्ता पाउन नसकेको गुनासो गरिन् । वडाध्यक्षका उम्मेदवार भण्डारीले चुनावपछि नागरिकता बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

‘मणिग्रामजस्तो सुगम ठाउँमा बसेर पनि नागरिकता नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको गुनासो सुनेपछि मलाई निकै नरमाइलो लाग्यो’, तिलोत्तमा ५ का वडाध्यक्ष भण्डारीले भने, ‘चुनाव जितेपछि उहाँ (महारानी)को नागरिकता जसरी पनि बनाइदिनुपर्छ भन्ने लागिरहेको थियो, जुन पूरा गर्न सकियो ।’ वडाध्यक्ष भण्डारी, वडा सदस्यसमेतको पहलमा जीवनको उत्तराद्र्धमा महारानीले नागरिकता प्राप्त गरेकी हुन् ।

‘उहाँलाई हामीले नै गाडीमा राखेर वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय पुर्‍यायौं । एउटा ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउन सकेकोमा हामीलाई पनि खुसी लागेको छ’, वडाध्यक्ष भण्डारीले भने ।

साभार : अन्नपूर्ण पोष्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: