‘विवाहकै दिन बलात्कृत भएँ’ नाइरोबी धर्मगुरु


प्रकाशित मिति :2017-08-03 13:03:28

जब टेरी गोबङगा आफ्नो विवाह समारोहमा आइनन्, कसैले पनि उनी बलत्कृत र मर्नका लागि सडकमा अलपत्र राखिएको कुरा अनुमान गर्न सकेनन् । उनले लगातार दुईवटा दर्दनाक घटनाहरुको सामना गर्नुपर्यो । ती युवती नाइरोबी देशकी एक पाश्चर (धर्मगुरु) थिइन् । उनी लैंगिक हिंसा पीडित भइन् ।

‘त्यो विवाह निकै भव्य हुन गइरहैको थियो । म एउटा पाश्चर थिएँ र हाम्रो चर्चका सम्पूर्ण सदस्यहरु र अन्य नातेदारहरु त्यो विवाहमा सामेल हुनेवाला थिए । म र मेरो हुने वाला श्रीमान् ह्यारी निकै उत्साहित थियौं र मैले विवाहको लागि एउटा राम्रो लुगा पनि भाडामा लिएकी थिएँ ।

विवाहको अघिल्लो राति ह्यारीका केही लुगा र टाई मसँग थियो । ह्यारीले त्यो टाई विवाहमा लगाउनै पथ्र्यो । त्यो सामान ह्यारीलाई पुर्याइदिन म एक जना साथीलाई भेट्न विहान सवेरै बस स्टेसनमा गएँ । म त्यहाँबाट घर फर्कंदै गर्दा एउटा गाडीको छेउबाट हिंडदै थिए । अचानक भित्र बसेको पुरुषले मलाई तानेर गाडीको सिटतिर धकल्यो । भित्र थप दुईजना पुरुष थिए । केही सेकेण्डमै गाडी त्यहाँबाट हुईंकाइयो ।

मेरो मुखमा कपडा कोचिएको थियो । म निकै बेर छट्पटाएँ र कराउने प्रयास गरेँ । मेरो व्यवहार देखेर एउटा पुरुषले मलाई मार्ने धम्की समेत दियो । ती पुरुषहरुले मलाई पालैपालो बलात्कार गरे । म मर्छु कि जस्तो लागेको थियो तर ज्यान बचाउन उनीहरुसँग लड्ने कोशिश गर्दै थिएँ । मैले प्रतिकार गर्न खोज्दा एक जनाले मलाई बेसरी पेटमा हान्यो र गुडिरहेको गाडीवाट बाहिर फालिदियो । म घर भन्दा कयौँ टाढा थिएँ र मलाई अपहरण गरेको ६ घण्टा भन्दा बढी भइसकेको थियो ।

मलाई एउटा बच्चाले देखेर उसको हजूरआमालाई बोलायो । त्यसपछि मानिसहरु दौडिदै आए । प्रहरी आएर मेरो नाडी छामे र मरेको ठहर गरे । बाटोमा लैजादंै गर्दा मैले खोकेको आवाजले म जीवित भएको कुरा थाहा पाए । त्यसपछि मलाई केन्याको सवैभन्दा ठूलो सरकारी अस्पतालमा लगियो । म अर्धनग्न, रगताम्य र अनुहार सुन्निएको अवस्थामा उठेँ । त्यहाँको नर्सले मलाई बेहुली हो कि भनेर अनुमान गरिन् र चर्चहरुमा मेरो बारेमा सोध्न थालिन् ।

संयोगवश पहिलो चर्चमै सोध्दा मेरो बारेमा पत्ता लाग्यो । म विवाहमा उपस्थित नहुँदा मेरा आमा–बुवा निकै आत्तिनुभएको थियो । मलाई खोज्ने प्रयास धेरै गरियो । मैले कतै विवाहको निर्णय परिवर्तन पो गरेँ कि भन्ने हल्ला पनि चलेको रहेछ र मैले यस्तो गर्न नसक्ने कुरा पनि उठेछ ।

मलाई डाक्टरले मेरो पाठेघरमा नराम्ररी चोट लागेको भएर भविष्यमा बच्चा जन्माउन नसक्ने कुरा बताए । यी सबको बावजुद पनि ह्यारी मसंग विवाह गर्न इच्छुक थियो । म कुनै निर्णय गर्न सक्ने स्थितिमा थिएँ । केही दिन पछि औषधीकोे असर अलि कम भएपछि मैले विस्तारै आँखा उघारेर उसँग माफी मागेँ । मलाई मेरो कारणले उसलाई सबैका सामु झुक्नु परेको जस्तो लाग्यो । अरु मानिसहरुले म त्यस दिन बाहिर जान नहुने कुरादेखि लिएर सबै दोष ममाथि नै थुपारे तर मेरो परिवार र ह्यारीले मलाई समर्थन गरे ।

धेरै प्रयासपछि पनि प्रहरीले बलात्कारीहरुलाई समात्न सकेन । मैले प्रहरी कार्यालयमा यो केस बन्द गर्न भने किनभने मलाई त्यही कुराले बारम्बार सताइरहन्थ्यो । तीन महिना पछि मलाई एचआईभी नेगेटिभ भएको खबर सुनाए । म निकै खुशी भएँ । उनीहरुले यसको बारेमा अझ विश्वस्त हुन थप तीन महिना कुर्नु पर्ने बताए । त्यतिबेला ह्यारी र मैले विवाहको लागि योजना बनाउन शुरु ग¥याँै । यो घटनामा प्रेसले देखाएको चासोले मलाई रिस उठाउँथ्यो तर मेरो कथा पढेर एउटी भिप ओगोला नाम गरेकी महिलाले मलाई भेट्ने इच्छा गरिन् र मैले भेटेँ । उनीपनि एउटी बलात्कारमा परेकी महिला थिइन् । उनी र उनका साथीहरु मिलेर हाम्रा लागि निःशुल्क विवाह भोज दिन चाहन्थे । म निकै खुशी भएँ ।

विवाह निकै भव्य थियो । सन् २००५ को जुलाई महिनामा ह्यारी र मेरो विवाह भयो र हामी हनिमुन गयौं । विवाह भएको २९ दिन पछि एउटा चिसो रातमा हामी घरभित्र थियांै । ह्यारीले कोइला जलाउने मेसिन बाल्यो र सुत्ने कोठामा लग्यो । कोठा निकै तात्तिएको भएर उसले त्यो मेसिन निभायो । उसलाई रिङ्गटा लागेको भन्दै थियो तर हामीले त्यो कुरालाई त्यति वास्ता गरेनौं । जाडो निकै भएको कारण मैले उसलाई अर्को ओढ््ने निकाल्न लगाएँ तर ह्यारीले त्यो निकाल्ने तागत समेत नभएको कुरा सुनायो । मलाई पनि कमजोर महसुस भैराखेको थियो । हामीलाई कही नराम्रो भइराखेको जस्तो लाग्यो ।

एकछिनमा हामी दुवैले आफ्नो सन्तुलन गुमायौं । मलाई म ब्यूँझेको क्षण याद छ । मैले ह्यारीलाई बोलाएँ । बोलाउँदा उसले कहिले हे¥थ्र्यो त कहिले हेर्दैनथ्यो । मैले आफूलाई बलपूर्वक खाटबाट बाहिर निकालँे । एकछिनमा बान्ता भयो । जसले गर्दा मलाई केही तागत आए जस्तो भयो । म फोनतिर घिस्रिंदै गएँ र आफ्नो छिमेकीलाई डाकें ।

छिमेकी आएर मलाई त्यहाँबाट निकाले । मैले थुप्रै मानिसहरु मेरो घरभित्र आएको देखेँ । मैले फेरि सन्तुलन गुमाएँ र त्यसपछि मैले आफूुलाई अस्पतालमा पाएँ । जहाँ मेरो श्रीमान्को मृत्यु खबर मलाई सुनाए । मैले यो कुरा विश्वास गर्न सकिन ।

चर्चमा ह्यारीको अन्तिम संस्कार गर्न जाँदा निकै नराम्रो अनुभुति भएको थियो । एक महिना पहिले म त्यही ठाउँमा दुलहीको सेतो कपडामा थिएँ र ह्यारी मेरो सामु थियो भने अहिले उसको शव राखिएको बाकस सामु म कालो कपडामा थिएँ ।

मानिसहरुले मलाई अलच्छिनी भने । मैले पनि केहि हदसम्म विश्वास गरेँ । कसैले मेरै कारणले गर्दा मेरो श्रीमानको मृत्यु भएको कुरा सुनाए तर पोष्टमार्टम रिपोर्टले उसको शरीरमा कार्वन मोनोअक्साइड भरिएर निसासिएको कारण ज्यान गएको देखायो । म एक वर्षसम्म डीप्रेसनमा गएँ । मैले सबैलाई म कहिल्यै विवाह नगर्ने निर्णय सुनाएँ।

तर त्यहाँ एकजना टोनी गोवंगा नाम गरेको पुरुष मलाई धेरै जस्तो भेट्न आउने गथ्र्याे । ऊ मलाई सकरात्मक सोचको प्रेरणा दिइरहन्थ्यो । एकचोटि उसले मलाई तीन दिनसम्म फोन नगरेकोले म निकै रिसाएकी थिएँ । तब मैले म उसको प्रेममा परेको कुरा थाहा पाएँ ।

मैले उसलाई मेरो बच्चा पाउन नमिल्ने कुरा बताएपनि ऊ मसँग विवाह गर्न तयार थियो । तर टोनीका परिवारले मेरो कथा सुनिसकेपछि विवाहको लागि रोके । मेरा ससुरा मेरो विवाहमा उपस्थित हुन मानेनन् । तर पनि हामी अगाडि बढिरह्यांै । विवाहमा ८०० जना पाहुना थिए । धेरै जसो उत्सुक भएर आएका थिए ।

मेरो पहिलो विवाह भएको तीन वर्ष भएको थियो र मलाई निकै डर लागिरहेको थियो । म केवल मेरो हुनेवाला श्रीमान्लाई मबाट टाढा नलगियोस् भनेर प्रार्थना गरिरहेको थिएँ । विवाहको एक बर्ष पछि म गर्भवती भएँ । पाठेघरमा पुरानो घाउ भएको कारण महिना वित्दै जाँदा मलाई पुरै आराम गर्न लगाइयो । तर सबै राम्रो भयो । हामीले छोरी पायौं र उसको नाम टेचील राख्यौँ । चार वर्षपछि हामीले अर्को छोरी पायौँ र उसको नाम ट्वडाह् राख्यौँ । आज मेरो ससुरासँग राम्रो सम्बन्ध छ ।

मैले ‘क्रलिंग आउट अफ डार्कनेस’ नामक किताब पनि लेखेँ । यो मेरो संघर्षको बारेमा थियो र यसले मानिसहरुमा आशा जगाओस् भन्ने मेरो उदेश्य थियो । मैले एउटा कारा अल्मुरानी नामक संस्था पनि संचलान गरेँ । जहाँ बलत्कृत भएकासँग काम गर्छाँै । हामी त्यहाँ परामर्श दिन्छौं र अरु सहयोग पनि गर्छौँ । हामी उनीहरुलाई आधार शिविर बनाइदिन खोज्दै छौैँ । जसले गर्दा उनीहरु समाजमा फर्कनुअघि आत्मनिर्भर हुन सकूुन् ।

मैले मलाई चोट पु¥याउनेहरुलाई माफी दिइसकेँ । यो सजिलो र छिट्टै गर्न सकिने काम थिएन । तर मैले अपरिचित व्यक्तिहरुप्रति यस्तो भावना राखेर दुःखी हुनु नहुने महसुश गरँे । सबैभन्दा महत्वपूर्ण कुरा जीवनमा आफ्नो कोरिएको नियतितिर अगाडि बढिरहनुपर्छ ।’
साभारः– बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: