४५ प्रतिशत शिशुले पाउँदैनन् समयमै स्तनपान


प्रकाशित मिति :2017-08-03 13:06:18

-महिला खवर

कपिलवस्तु । कपिलवस्तु जिल्लामा जन्मिएका शिशुमध्ये ५५ प्रतिशतले मात्रै जन्मेको एक घन्टा भित्र आमाको स्तनपान गर्न पाउने अध्ययनले देखाएको छ । आमाको बिगौती दुध शिशु जन्मिएको १ घण्टाभित्रै खुवाउनुपर्छ । यद्यपी, नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनले ४५ प्रतिशत शिशुले जन्मिएको एक घण्टाभित्र स्तनपान गर्न नपाउने देखाएको हो ।

सुआहारा कार्यक्रमका पोषण अधिकृत बिजेन्द्र बन्जाडेले बिगौती दुधमा बच्चालाई चाहिने पोषक तत्व भएकाले १ घन्टा भित्रै सुत्केरीले बच्चालाई दुध खुवाउनु पर्ने बताउनुभयो । उहाँले शिशुलाई स्वास्थ्य राख्न २४ घण्टा भित्र ८ देखि १२ पटक बच्चालाई आमाले दुध चुसाउनु पर्ने बताउनुभयो । ६ महिनासम्म आमाको दुध मात्र र ६ महिना पछि मात्रै बच्चालाई  अन्य पोषणयुक्त खाना खुवाउनु पर्छ । तर, प्रतिवेदन अनुसार अनुसार जिल्लाका ६६ प्रतिशत महिलाले मात्र ६ महिना भित्रका आफनो बच्चालाई स्तनपान गराउने गरेका छन् ।

पुर्ण स्तनपानले बच्चा फुर्तिलो हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । तर, जिल्लामा अझै पनि ३४ प्रतिशत बालबालिकाले पूर्ण स्तनपान गर्न पाउँदैनन् । कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह एकीकृतरुपमा योजना र कार्यक्रम सञ्चालन गरि बालबालिको पोषणस्तर सुधार गर्न अगाडि बढ्ने बताउनुहुन्छ । कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ताको महिलाहरु स्तनपानकालागि आफै सचेत हुनु पर्ने धारणा छ । उहाँले महिलाहरुले आफनो शरीरलाई सुन्दरता भन्दा बच्चाहरुलाई स्तनपानमा ध्यान दिनु पर्ने बताउनुभयो ।

कपिलवस्तु स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन बिष्णु पौडेल पूर्ण स्तनपानको अभाव नै बालमृत्युको प्रमुख कारण रहेको बताउनुहुन्छ । उहाँले पुर्ण स्तनपान र सरसफाईले कुषोषण र बालमृत्यु दर धेरै हदसम्म हटाउने बताउनुभयो । मातृ तथा बालमृत्यु दर घटाउन पोषणयुक्त खानाको अति जरुरी रहेको पनि उहाँको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: