उपचार नपाएर थलिएकी छु बालबच्चा कसरी हेरुँ ?


प्रकाशित मिति :2017-08-03 15:37:36

सुनसरी । मेरो नाम बालकुमारी रसाइली हो । म सुनसरीको बराह नगरपालिका ८ सालबन्दीमा बस्छु । म दुई बीस र पाँच (४५) वर्ष नाँघे । मेरा नौ छोराछोरी छन् । श्रीमान पदम रसाइलीले आत्महत्या गर्नुभयो । म दुई वर्षदेखि बिरामी भएर ओच्छ्यान परेको छु । श्रीमान ज्यालामजदुरी गर्नुहुन्थ्यो । हामीलाई पाल्नुहुन्थ्यो । छोराछोरी हुर्काउने र मेरो उपचार गर्न नसकेरै उहाँले ८ महिनाअघि कोशीबाट हाम फालेर आत्महत्या गर्नुभयो । (छोराछोरीलाई देखाउँदै ) यिनका बाबु गइहाले । मेरो यो हालत छ । मेरा नौ जना लालाबालाको अवस्था के होला ? कान्छी छोरी २ वर्षकी छे ।

कान्छी छोरी जन्माउदा अपरेशन गरेको घाउ निको भएन । पछि त्यही ठाउँमा हर्नियाको अपरेशन पनि गर्नुप¥यो । अप्रेशनको घाउ निको नभएपछि पेटमा प्वाल पारेर त्यहिबाट दिसा गर्नुपर्छ । डाक्टरले बेला बेला जँचाउन आउनु भनेको थियो । उपचार गर्न जान पनि पैसा नै चाहियो । कहाँबाट ल्याएर उपचार गर्न जानु ?

यो झुप्रो भएको ठाँउ पनि ऐलानी हो । (फाटेका कपडा देखाउँदै) यि हेर्नुस् त लुगाफाटाको हालत । यि नौ जना लालाबालालाई विहान वेलुका मागेर खुवाउन पनि सकेकी छैन । उपचार गर्न दुई अढाई लाख चाहिन्छ भन्छन् त्यति धेरै पैसा मैले कहाँबाट ल्याएर उपचार गर्नु ? त्यहि भएर अस्पताल नगएकी ।

अस्ति अस्पताल जादाँको खर्च पनि गाँउकै छरछिमेकले तिरिदिएका हुन । हुन त ठूलो छोरो त २१ बर्ष पुरा पुग्यो । उ २ वर्षदेखि घरमा छैन । कहाँ गयो पत्तो पनि छैन । भारत तिर गएको छ रे भन्ने हल्ला सुनेको छु । कहाँ छ खबर छैन ।

जेठी छोरी १९ वर्षकी भई । माईंलो छोरा १६ वर्ष, साइलो १४ र काँइलो ११ वर्षको छोरा छ । उनीहरु कोइपनि घरमा बस्दैनन् । गाँउतिर जान्छन् । कहिलेकाँही घर आउँछन् । उनीहरु पनि कहाँ बस्छन के खान्छन् थाहै हँुदैन ।

नौ वर्षकी छोरी, ८ वर्षको अन्तरे छोरा, ५ वर्षकी साईंली र दुई वर्षकी कान्छी छोरी घरमा छन् । यि चार जनाको हुनसम्म बिजोग छ । कहिले काँही यसो उठेर माग्न जाँउ भन्यो हिँडडुल गर्न सक्दिन । कहिले यिनीहरुको मुखमा माड पर्छ धेरै दिन त भोकले रुँदै रुँदै सुत्छन् । यि छोरा छोरीले पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ । कोही कसैले पढाइदिए हुन्थ्यो । यिनै लालाबालाका लागि भएपनि मैले केहि गर्नुपर्छ जस्तो लाग्छ । तर, थलिएकी छु केहि गर्न सक्दिन । उपचार गराउँ पैसा छैन । खै के गर्नु गर्नु ? पहाडले नै थिचे जस्तो लाग्छ ।

(आशिष विश्वकर्माको सहयोगमा लिलाराज भटटराईको प्रस्तुति)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: