श्रीमतीलाई मरणासन्न हुनेगरी कुट्ने श्रीमान् पक्राउ परेनन्


प्रकाशित मिति :2017-08-03 17:02:20

यमुना खनाल

सिरहा । श्रीमतीलाई मरणासन्न हुनेगरि कुटपीट गर्ने सिरहाका दीलिप साहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । घटनाको ३ दिनहुँदासम्म प्रहरीले पक्राउ गर्न नसकेको हो ।

सिरहाको लहान नगरपालिका २४ गाढा तिलेबोनाका ३३ वर्षका दिलिप साहले गत साउन १६ गते सोमबार २८ वर्षकी श्रीमती नैनो कुमारी साहलाई मरणासन्न हुनेगरी कुटपीट गरी फरार छन् । श्रीमाल दीलिपले रड प्रहार गरी नैनोलाई गम्भिर घाइते बनाएका थिए । घाइते नैनो शाह उपचार पछि माईतीमा बसेकी छन् ।

प्रहरीले भने श्रीमतीलाई कुटपीट गरी फरार रहेको साहको खोजी भईरहेको जनाएको छ । ईलाका प्रहरी कार्यलय महेशबारीका ईन्चार्ज राम कृष्ण चौधरीले शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीका लागि दुई वर्ष अघि मलेसिया गएपछि त्यही रहँदा अर्की युवतीसँग प्रेम सम्बन्ध भएका कारण श्रीमान्ले बारम्बार कुटपीट गर्दै आएको पीडित नैनोले बताउनुभयो । उनका ५ वर्षका एक छोरा र ती वर्षकी छोरी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: