महिला खबर
काठमाडौं । दलित महिला संघ(फेडो)ले स्थानीय तहमा निर्वाचित ४६ जना दलित महिला सदस्यहरुलाई सम्मान गरेको छ ।
काठमाडौं र ललितपुर महानगरपालिकामा निर्वाचित उनीहरुलाई संघले ‘सम्मान तथा अभिमुखीकरण’ कार्यक्रम गरी आज काठमाडौंमा सम्मान गरेको हो ।
संघका अध्यक्ष कला स्वर्णकार, संस्थापक अध्यक्ष दुर्गा सोप र महिलाअधिकारकर्मी धनकुमारी सुनारले दलित महिला वडा सदस्यहरुलाई दोसल्ला उठाई सम्मान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष स्वर्णकारले दलित महिला सदस्यहरुलाई केही गरेर देखाउने अवसरसंगै थुप्रौ चुनौती पनि भएकाले त्यस्ता चुनौतीको सामना गदै जनताको मन जित्न सफल हुने विश्वास लिएको बताउनुभयो ।
संघका अध्यक्ष स्वर्णकारले काठमाडौं महानगरका २४, २५ र २७ वडामा दलित महिला सदस्य पद खाली रहेको बताउनुभयो । उहाँले ललितपुर महानगरका १२ वडाहरुमा दलित महिला सदस्यको पद खाली रहेकोे जानकारी दिनुभयो ।
Comment Here!