महिलालाई न्याय दिने कानूनी सेवाको परिकल्पना गर्न जोड


प्रकाशित मिति :2017-08-04 14:34:02

–महिला खबर– 

काठमाडौं । राष्ट्रिय कानूनी सहायता(एकीकृत) नीति बनाउँदा महिला, दलित, अपाङगता लगायतका समुदाय समेट्ने खालको नीति बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।  काठमाडौंमा भएको राष्ट्रिय कानूती सहायता नीति २०७३ सम्बन्धी परामर्श तथा छलफल कार्यक्रममा सहभागीहरुले सो सुझाव दिएका हुन् ।

कार्यक्रममा सिविट नेपालकी जमूना नेपालले समाजमा बलात्कृत महिलाले समेत न्याय नपाइरहेको अवस्थामा त्यस्ता महिलालाई न्याय दिने खालको कानूनी सेवाको परिकल्पना गर्नुपर्नेमा जोड दिनुभयो ।

कानूनी सहायत परामर्श केन्द्रकी साधना श्रेष्ठले हिंसाका कारण महिलाहरु घरबाटै निकालिने अवस्था र अदालतमा मुद्धा दर्ता गर्ने पैसा समेत नहुँदा समस्या हुने गरेको भन्दै यस्ता विषयलाई समेत नीतिमा समेट्न आग्रह गर्नुभयो ।

नेपाल अपाङ महिला संघकी मिना पौडेलले अपाङ्ग भएका व्यक्तिलाई निशुल्क कानूनी सहयोग परामर्श भनेतापनि सूचनाको अभावका कारण सेवा दिन नसकेको बताउनुभयो ।  उहाँले अपाङ्गता भएका महिलाहरु बढि हिंसा र बलात्कृत हुनुपरेको भन्दै यस्ता केशहरुलाई समेत नीतिमा समेट्न सुझाव दिनुभयो ।

दलित इन्जओ फेडेरेसन नेपालका जेवि विश्वकर्माले कानूनी सहायता नीति बनाउँदा पहुँच नभएका समुदायलाई समेट्दै समावेसी सिद्धान्तका आधारमा अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सुझाव नीति तर्जुमा समितिका संयोजक एवम् कानून मन्त्रालयका सहसचिव डिल्लिराम घिमिरेले यस नीतिले अपाङ्ग, महिला लगायत तेस्रो लिङगीलाई समेत समेटेर अघि बढ्ने बताउनुभयो ।

संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन तथा नेपालले जनाएका अन्र्तराष्ट्रिय प्रतिवद्धता कार्यान्वयन गरी सबैलाई न्यायमा समान पहुँचको व्यवस्था गर्न तथा राज्यको दायित्व पूरा गर्नका लागि समेत यस नीतिको आवश्यक रहेको उहाँको भनाई छ ।

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले यूएनडिपी लगायत अन्य विभिन्न सम्बद्ध निकायहरुको सहकार्यमा कानूनी सहायता मार्फत न्यायमा पहुँच अभिवृद्धी गर्ने तथा कानूनी सहायता संयन्त्रमा समेत सुधार गर्ने उदेश्यले एकिकृत कानूनी सहायता नीतिको प्रारम्भिक मस्यौदा तयार पारेको हो । मस्यौदामा कानूनी सहायता दिन विगतको प्रयास, वर्तमान स्थिति, आवश्यकता, लक्ष्य, उदेश्य, रणनीति लगायतको विषयवस्तु समेटिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: