महिला खबर
दोलखा । छोरीलाई अभद्र व्यवहार गरेको आरोपमा दोलखा तामाकोसी गाँउपालिका, १ भीरकोट एक्लेबारीका बद्री केसीले एक युवालाई खुकुरी प्रहार गरी घाईते बनाएका छन् ।
संखुवासभा घर भै दोलखाको भीरकोटमा मजदुरी गर्न आएका करिब ३० वर्षका दीपेश लिम्बुलाई केसीले खुकुरी प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो ।
खुकुरी प्रहारबाट लिम्बुको घाँटी र छातीमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भीरकोटमा मजदुरी गर्न आएका दीपेश लगायत उनका साथीहरु काम सकेर साँझमा केसीको घरतिर गएको र छोरीलाई अभद्र व्यवहार गरेपछि केसीले खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् ।
Comment Here!