जिससमा महिलाः उपप्रमुखमै सिमित
प्रमुखमा एक जना मात्र महिलाको उम्मेदवारी, तालमेलले उपप्रमुख पनि खोसियो
महिला खबर
काठमाडौं । स्थानीय निर्वाचन ऐन २०७३ को धारा १७ मा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पचास प्रतिशत महिला उम्मेदवार हुनुपर्न व्यवस्था गरेपनि राजनीतिक दलहरुले महिलालाई उपप्रमुखमा मात्रै सिमित गराएका छन् ।
पहिलो र दोस्रो चरणको निर्वाचनपछि पहिलो बनेको एमालेसगै कांग्रेस, माओवादी केन्द्र लगायतका दलले जिल्ला समन्वय समितिमा पनि महिलालाई उपप्रमुखमै सिमित बनाएका छन् ।
अहिलेसम्म निर्वाचन सम्पन्न भएका जिल्ला मध्ये स्याङ्जाको जिससमा मात्र एक जना महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । एमाले सीताकुमारी सुन्दास प्रमुखको उम्मेदवार बनाएको हो । उपप्रमुखमा दिलीपकुमार वाग्लेलाई उम्मेदवारी बनाएको छ । केही जिल्लाहरुमा समिति गठन भैसकेका छन् भने कतै निर्वाचनको प्रकृयामा छ ।
जिससमा कहाँ को निर्वाचित भए?
पर्वत जिससमा एमाले विजयी भएको छ । उपप्रमुखमा एमालेकी यामकुमारी राना विजयी भएकी छन् । गोरखा जिससमा कांग्रेसबाट जानुका अधिकारी उपप्रमुखमा विजयी हुनुभएको छ ।
जिसस कास्कीमा एमाले विजयी भएको छ । एमालेले उपप्रमुखमा सावित्री भण्डारीलाई उम्मेदवार बनाएको थियो । जिसस तनहुँमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसले उपप्रमुखमा पबित्रादेवी पौडेल उम्मेदवारी बनाएको थियो । ताप्लेजुङको जिसस एमाले विजयी भएको छ । उपप्रमुखमा दलित महिला देवीमाया नेपालीलाई उम्मेदवार बनाएको थियो ।
स्याङ्जाको जिससको प्रमुखमा महिला
स्याङ्जाको जिससमा एमाले महिलालाई प्रमुखमा उठाएको छ । एमालेले प्रमुखमा सीताकुमारी सुन्दास र उपप्रमुखमा दिलीपकुमार वाग्लेलाई उम्मेदवारी बनाएको छ । कांग्रेसले भने दुवै पदमा पुरुषलाई उठाएको छ ।
ऐन विपरित जिससको प्रमुख र उपप्रमुखमा पुरुष
जिल्ला समन्वय समिति अछामको प्रमुख र उपप्रमुख दुवैमा पुरुष विजयी भएका छन् । कांग्रेसले प्रमुखमा नरबहादुर कुँवर र उपप्रमुखमा टोपबहादुर रावल उम्मेदवारी बनाएको थियो ।
स्याङ्जाको जिससमा कांग्रेसले दुवै पदमा पुरुषको नै उम्मेदवारी परेको छ । कागं्रेसले अर्जुनप्रकाश अर्याल र शक्तिचन्द्र अधिकारीलाई प्रमुख र उपप्रमुखमा उठाएको छ ।
तालमेल उप पनि खोसियो
म्याग्दीको जिल्ला समन्वय समितिमा एमाले र काग्रेंसको तालमेल हुँदा उपप्रमुखको पद समेत खोसिएको छ । जिससको प्रमुखमा एमालेका देवेन्द्र केसी र उपप्रमुखमा काँग्रेसका लोकबहादुर मल्ल विजयी भएका छन् ।
जाजरकोटको जिससमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका तालमेल भएको छ । तालमेलपछि माओवादी केन्द्रका मनवहादुर रावल प्रमुख र काँग्रेसका ज्ञानीप्रसाद शर्मा उपप्रमुखमा विजयी भएका छन् ।
Comment Here!