संस्कारभित्रकाे विकृतिले महिला विभेदमा :संस्कृतिविद् पोखरेल


प्रकाशित मिति :2017-08-06 15:28:29

निर्मला पोखरेल नेपाली धर्म,संस्कृतिको क्षेत्रमा परिचित नाम हो । पोखरल संस्कार सुधार समाज नेपालका उपाध्यक्ष पनि हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयमा २५ वर्षदेखि संस्कृति विषय पढाउदै आउनुभएकी पोखरेल नेपाली संस्कार सुधारमा रुचि भएकाले नै प्राध्यापन क्षेत्रमा छिर्नुभएको थियो । आफुले देख्दै, भोग्दै एवं पालना गदै आएको संस्कृति र संस्कारको नाममा भैरहेको विकृतिले नेपाली महिलामाथि कसरी र कस्तो विभेद गरिरहेको छ ? यही विषयमा केन्द्रित रहेर महिला खबरका लागि खेमा बस्नेतले गर्नुभएको कुराकानी ः

 संस्कृति भन्नाले के बुझिन्छ ? नेपाली समाजमा यसको महत्व कति छ ?

समाजको सदस्यको हैसियतले कुनै पिन मानिसले जे जति क्रियाकलाप गर्दछ, त्यसलाई संस्कृति भनिन्छ । मान्छेले जन्मदेखि मुत्युसम्म जे जति काम गर्छ, त्यो हाम्रो संस्कृति हो । जसले समाजलाई अनुशासित बनाउन भुमिका खेल्दछ ।

 नेपाली संंस्कारमा महिलाको स्थान कस्तो छ ?

संस्कृतिलाई हामीले आफ्नो संस्कारको रुपमा मानिआएका छौं । संस्कारले राम्रा पक्षलाई बुझाउछ । धर्मले कहिलेपनि कसैलाई विभेद गर्दैन । धर्ममा महिलाको स्थान उच्च छ । तर, संस्कारभित्रको विकृतीले महिलालाई विभेद र दमन गरेको छ । अहिलेको धर्म संस्कृति भन्दा यो विकृति बढी अगालेकाे स्होरुपमा छ । वैदिक र लिच्छवीकालमा महिलाको स्थान राम्रो थियो । मल्लकालमा आउदा महिलाको स्थान एकदमै न्युन रुपमा भएकाे  पाइन्छ । उदाहणा स्यरुप सकालमा महिला अनिवार्य रुपमा सती जानुपर्ने बाध्यता देखिन्छ ।  २००७ सालपछि महिलाले थोरै भएपनि केही स्थान पाएको देखिन्छ । अहिले सुधाराउन्मुख छ ।

 महिलामाथि संस्कारले के र कस्ता कस्ता विभेद गरेको छ ?

संस्कारले हजारौ वर्षदेखि परिवार र समाजले महिलालाई के गर्नुुहुन्छ, के गर्न हुदैन भन्न सिकाउदै आएको छ । त्यतिवेलैदेखि पुरुषलाई कर्ता र महिलालाई सहयोगीको रुपमा देखाउदै आएको छ । सो क्रम अहिले पनि निरन्तर छ । लालनपालन, शिक्षा, स्वास्थ्य, बैवाहिक सम्बन्ध, व्रत, चाडपर्व, सम्पति, राजनीति, धर्ममा महिलालाई कुनैपनि अधिकार गाैणा छ ।  प्रकृतिले दिएको प्रजनन शक्क्ति, सुन्दरता, कोमलता र सहनशीलतालाई उल्टो व्याख्या गरेर समाजले यस्ता कुरामा हस्तक्षेप गर्न थाल्याे  । समाजलाई अनुशासन बनाउने नाममा महिलामाथि पुरुषको हैकम बढ्यो ।

     वैैदिक कालमा महिलाको स्थान कस्तो थियो ?

वैदिक कालमा महिलाको स्थान उच्च थियो । महिलामाथि कुनै खास विभेद नै थिएन । पैतृक सम्पत्तिमा महिलाको अधिकार थियो, छोराछोरीमा पनि ठुलाे  भेदभाव थिएन । त्यसबेला महिलालाई विवाह गर्ने स्वतन्त्रता थियो । चाहेको व्यक्तिसंग बैबाहिक सम्बन्ध गाँस्न पाउँथे । एकल महिलाका लागि कुनै रोकटाेक थिएन । १६÷१७ वर्षमा मात्र विवाह गर्ने कुरा वेदमा उल्लेख छ । त्यसपछि विस्तारै संस्कृति र संस्कारमा विकृति जोडिदै महिला माथि हाबी हुँदै आयो ।

 संस्कारमा कसरी विकृति मौलायो ?

समयसंगै संस्कारका राम्रा पक्षसंगै नराम्रो पक्ष जोडिन थाल्यो । नराम्रा कुरा छिटो फैलिन्छ, त्यसले निरन्तरता पाउदै आयो । पुरुषले महिलामाथि हैकम जमाउन थाले ।  श्रीमानले महिलालाई गरगहना, सारीचोलो किनिदिएर खुशी बनाईदिने र घरमै रमाउने वाताबरणा विकास हुँदै गयाे । अभःैसम्धेम पनि धरै महिलाहरु गर्वका साथ भन्नुहुन्छ –‘मेरो श्रीमानले घरबाहिर काम गर्न दिनुहुदैन ।’ यसले आफूमाथी विभेद भैरहेकोछ भन्ने नै थाहा छैन । हाम्रो संस्कार यसरी नै विकास हुँदै आयो । वैदिक कालमा महिलाद्वारा पनि वेद लेखिएको छ । विस्तारै विस्तारै महिलाहरु घरेलु कार्यहरुमा संग्लन हुँदै गए र यसै कुरालाई समाज घरपरिवारले पनि उत्साहित पादै गयो ।

 संस्कारको नाममा महिलालाई मात्र लगाउने आरोप के–के हुन् ?

छाउपडी, बोक्सी, कथित सानो जातिको नाममा र अन्तरजातीय विवाहका कारणले महिलालाई बढी दमन गर्ने गरिन्छ । त्यसैगरी एकल महिलामाथिका आरोपहरु जो नबुझेर संस्कार अपनाउदा महिलाहरु विभेदमा परेका छन् ।

 महिलाको भूमिका परिर्वतन गर्न के गर्नुपर्ला ?

वर्षाैदेखि महिलाहरुले सामाजिक कु–संस्कार विरोध गदै आएपनि परिवर्तन मन्ध गतिमा भैरहेको छ । राज्य यसबारे वोेलेपनि कार्यानवयन भएको छैन । अहिलेका प्रधानमन्त्री छाउपडी प्रथा मान्ने ठाउँका व्यक्ति हुन् । उहाँले छाउपडी जस्ता प्रथा उन्मुलन वा अन्त्य गर्न ठुलाे भुमिका निभाउन सक्नुहुन्छ । यो संस्कार नभई कुसस्कार हो भनेर प्रत्यक्ष रुपमा गएर जनतालाई सचेत गराउन सक्नुपर्दछ । यस सम्बन्धी बनेका कानुनहरुको कार्यान्वयन गर्नप¥यो । आखिर सती प्रथा पनि राज्यले चाहेपछि अन्त्य भएको थियो । तत्कालिन प्रधानमन्त्री चन्द्रशम्शेरले यो कु संस्कार अन्त्य गर्न अाधिकारिक भुमिका खेलेका थिए  ।

 महिलाको अधिकार बारे धर्मग्रन्थमा के भन्छ ?

धर्मले खास विभेद गरेको छैन । तर कु–संस्कारले महिलालाई पुरुष सहर अधिकार दिएको छैन । जन्म, मुत्यु जस्ता कुरामा पुरुष नै चाहिन्छ भन्ने मान्यता छ । यतिसम्मकी  नामाकरण संस्कारमा बुबाकाे उपस्थिति विषेश मान्यता दिइन्छ । आमाबुबा वा श्रीमानको मुत्युमा महिलालाई दागबत्ती दिने अधिकार पनि कु–संस्कारले दिएको छैन । शिक्षा, रोजगार, गतिशिलता, स्वतन्त्रता जस्ता कुरामा पनि महिलालाई प्राथमिकताका साथ स्थान दिएकाे छैन । तर, धर्मले भने पुरुष नै चाहिन्छ भनेर भनेको  पनि छैन ।

 धर्मले महिलालाई शक्तिशाली पनि देखाएको छ भन्ने छ नी ?

धनका लागि लक्ष्मीको पुजा गरिन्छ । विद्याका लागि सरस्वती, दण्ड दिने शक्तिशाली युद्धको मैदानमा जाँदा दुर्गा र काली पुजा गरिन्छ । दशैमा असत्य माथीको सत्यको विजयीको प्रतिकका रुपमा दुर्गालाई मानिन्छ । खराब पुरुष तत्वमाथि काली दुर्गाले विजयी गरेको हो । यही ढाँचामा थियो हाम्रो संस्कार । यही अनुसार महिलाको स्थान थियो । तर, विस्तारै संस्कारमा विकृतीले झागिदै गयो । अहिले महिलाको स्थान दोस्रो दर्जामा छ ।

 संस्कार वा संस्कृतिजन्य विभेद हटाउन के गर्नुपर्ला ?

यस्ता विकृति हटाउन राज्यबाटै पहल हुनु आवश्यक छ । संस्कृति मन्त्रालय छ । मन्त्री छन् । विभाग छ । तर संस्कृतीभित्रको संस्कारले महिला कसरी विभेद र हिंसा गरिरहेको छ यो कुरामा ध्यान गएको छैन । यसबारे आवाज उठाएको वर्षौ भइसक्यो तर, परिवर्तन मन्ध गतिमा मात्रै देखिएको छ । संस्कारजन्य विभेद हटाउन वा अन्त्य गर्न वास्तविक संस्कृति र धर्मको बारे पाठयपुस्तकमा समेत समाबेश गर्नु आवश्यक देखिन्छ ।

 संविधानले महिला र पुरुषलाई समान अधिकार दिएपनि महिला किन विभेदमा ?

संविधान र कानून भएर मात्र हँुदैन । कार्यान्वयन हुनुपर्छ । समाजमै पितृसत्ता हाबी भएका कारण महिलाहरु अशिक्षित र कुसंस्कारको जालोमा जेलिएका छन् । त्यसैले पनि महिलाहरु समान अधिकारबाट बन्चित छन् । पुरुष सरह समान अवसर र अधिकार पाउनका लागि राज्यले नै महिलाको शिक्षामा जोड दिनु आवश्यक छ । राज्यले अगुवाकाे भुमिका खेल्नुपर्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: