रोकिएन असुरक्षित गर्भपतन


प्रकाशित मिति :2017-08-06 15:36:09

-सरोज ढुंगेल-

काठमाडौं । पाटन बस्ने सिर्जना केसी (नाम परिवर्तन)को पहिलो सन्तान छोरी थिइन् । छोरी जन्मेको तीन वर्षपछि अर्को गर्भ रह्यो । पहिलो सन्तान छोरी भएपछि दोस्रो सन्तान छोरा जन्माउने सिर्जना र उनको श्रीमान्को चाहना थियो । फेरी पनि छोरा नभई छोरी नै भए के गर्ने ? दोस्रोपटक गर्भवती भएपछि सिर्जना र उनको श्रीमान् कृष्णलाई चिन्ता थियो ।

उनीहरु नाता पर्ने आफन्त स्वास्थयकर्मी मार्फत भ्रुणको लिंग पहिचान गराउन महाराजगञ्जको एक क्लिनिक पुगे । सुरुमा ती स्वास्थ्यकर्मीले भ्रुण पहिचान गराएर गर्भपतन गराउनु हँुदैन । फेरी पनि गर्भमा छोरी भए के गर्ने जस्ता प्रश्न गरी भ्रुण पहिचानको विरोध गरिन् । उनले जति सम्झाए केसी दम्पत्तीको जिद्धीको अगाडी केही लागेन ।

अन्तमा उनले पनि साथीमार्फत क्षेत्रपाटीको एउटा डाक्टरकहाँ लगेर भ्रुण पहिचान गराइदिईन् । विडम्बना ! सिर्जनाको गर्भमा पुनः छोरी भएको पत्ता लाग्यो । तिनै आफन्त स्वास्थ्यकर्मीले ‘छोरी वा छोरा जे भएपनि एउटै हो । फरक पर्दैन गर्भपतन नगराउनुस्’ भनेर यो विषयमा म सहमत छैन भने पछि सिर्जनाले एउटा फार्मेसीमा गएर १२ सय रुपैयाँ तिरेरे गर्भपतनको औषधि किनेर खाइन् । औषधि खाइसकेपछि कति दिन त पेट दुख्ने र रगत निरन्तर गएपछि थापाथली स्थित प्रसूति अस्पतालमा गएर उपचार उनले उपचार गराईन् ।

सिर्जनाको श्रीमान् श्रीमतीलाई छोराको अत्यन्तै मोह थियो । त्यसैले गर्भ पहिचान र गर्भपतन गराउने शिलशिला एक पटकमा मात्रै रोकिएन । त्यसको बर्ष दिन बित्न नपाउँदै सिर्जनाको पुनः गर्भ रहन गयो । अब त सिजर्ननालाई भ्रुण पहिचानको लागि कसैसँग सहयोग माग्नु परेन । सिधै क्षेत्रपाटीको पहिलोपटक गर्भ पहिचान गरेको क्लिनिकमा गईन् । गर्भपहिचान गराउँदा पत्तो लाग्यो फेरी पनि छोरी ।
उनले भु्रण पहिचान गर्ने डाक्टरलाई यसअघि पनि हाम्रो छोरी नै हो डाक्टर अब के गर्ने भनिन् । उनै डाक्टरले एउटा कागजको चिर्कटोमा उनको हप्ताक्षर सहित यति हप्ताको गर्भ र यति पैसा समेत त्यहिबाट तोकेर कालिमाटिस्थित एउटा सुरक्षित गर्भपतन गराउने केन्द्रमा पठाए । भोलिपल्ट १२ हजार रुपैयाँ तिरेपछि मात्र उनीहरुको गर्भपतन सम्भव भयो ।

केसी दम्पत्तीले त छोरीको चाहनामा पटक पटक असुरक्षित गर्भपतन् गरे । हिजोआज विवाहित मात्रै होइन अविवाहित युवतीहरुमा पनि असुरक्षित गर्भपतनको समस्या बढ्दै गएको छ । चावहिलस्थित एक नीजि कलेजमा कक्षा १२ मा अध्ययनरत सदीक्षा (नाम परिवर्तन) को कलेजकै सहपाठीसँग रामैसँग चिनजान थियो । उनीहरु कपनदेखि चावहिलसम्म सँगै आउथे । साथीको सम्बन्ध क्रमिक रुपमा नजिकिँदै गयो । उनीहरुको एक अर्कामा आकर्षण बढ्यो । एक दिन यौन सम्पर्क गर्न पुगे । तर, असुरक्षित यौन सम्पर्कको कारण सदीक्षाको गर्भ रहन गयो ।

सदिक्षा गर्भवती भएको सुरुआतमा थाहा भएन । तीन महिना कटिसकेपछि मात्र उनलाई थाहा भयो कि मेरो गर्भ रह्यो भनेर । सदिक्षाले केटा साथीलाई भनिन् । साथीले कक्षा १२ मा अध्ययन गर्दा विवाह त सम्भव छैन । बरु औषधि पाइन्छ म बुझ्छु भनेर सम्झाए । सदिक्षा र उनको केटा साथीसंगै मेडिकल गए । गर्भपतनको औषधी मागे । औषधी पसलेले उनीहरुलाई औषधीले तीन महिना भइसकेको गर्भलाई पतन गर्न गाह्रो हुने भएकोले चावहिलस्थित एउटा सुरक्षित गर्भपतन केन्द्रमा जानुस्् भनेर सुझाए । उनीहरु त्यही गए र गर्भपतन गरे ।

असुरक्षित गर्भपतनका यी दुई त प्रतिनीधि पात्र मात्रै हुन् । सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको १४ वर्ष पुगिसक्दा पनि महिलाहरु अझै असुरक्षित गर्भपतन गराइरहेका छन् । औषधी पसलबाट औषधी किनेर गर्भपतन गराउने महिलाको संख्या धेरै रहेको सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्नेहरुको भनाई छ । स्कूलतह अध्ययन गर्ने हुन वा कलेजमा अध्ययन गर्ने युवती हुन । अविवाहितले असुरक्षित यौन सम्बन्ध पछिको गर्भपतन र विवाह गरेकाले पनि भु्रण पहिचान गरेर गर्भपतन गराउने संख्या पनि त्यतिकै बढिरहेको छ ।

गर्भपतन सम्बन्धि काम गर्ने विभिन्न संघसस्थाले परिवार स्वास्थ्य महाशाखाको सहकार्यमा गरिएको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी तीनलाख २३ हजार प्रेरित गर्भपतन हुने गरेको छ । जसमा गर्भपतनको अनिच्छुक गर्भ र भ्रुण पहिचान पछिको गर्भपतन पर्दछन् ।
सोही अध्ययनका अनुसार प्रजननका लागि उपयुक्त १५ देखि ४९ उमेरका एकहजार महिलामा ४२ ले गर्भपतन गराउने गरेको पाइएको थियो । परिवार स्वास्थ्य महाशाखाका अनुसार सबै प्रेरित गर्भपतनमध्ये ५८ प्रतिशतले लुकीछिपी गर्भपतनका प्रक्रिया अपनाएका छन् । यसरी गर्भपतन गराउँदा २२ प्रतिशतमा समस्या आएको छ । परिवार स्वास्थ्य महाशाखा प्रमुख डा. नरेसप्रताप केसीले सुरक्षित र कानुनी

गर्भपतनमा अर्थपूर्ण प्रगती गरेको देखिएपनि पनि सबै महिलालाई गर्भावस्थामा चाहिने हेरचारको सुविधा दिन ठूलो प्रयत्न गनुपर्ने बताए ।
नेपालमा सुरक्षित गर्भपतनलाई सन् २००२ देखि कानुनले मान्यता दिएको छ । आमा र बच्चाको शरीर जोखिम अवस्थामा पर्ने बाहेक अन्य अवस्थामा १२ हप्ता पछिको गर्भपतन गर्न पाईंदै । तर, भ्रुण पहिचान, असुरक्षित यौन सम्बन्ध आदिबाट रहेका गर्भलाई असुरक्षित रुपमा पतन गर्ने अवस्था भने अझै हट्न सकेको छैन ।

डा. केसी पछिल्लो समय कलेज अध्ययन गर्ने युवती, पहिले जन्मिएको सन्तान पुनः त्यहि लिंगको गर्भ रहेमा पनि असुरक्षित गर्भपतन गराउनेको संख्या बढेको स्वीकार गर्छन् । औषधी खाएर गर्भपतन गर्ने भएपनि स्वास्थ्यमा पर्ने जोखिमको कारणले सुरक्षित गर्भपतन केन्द्रमा गई तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउनुपर्ने डा.केसीको भनाई छ ।
(सरोज ढुंगेल गोरखापत्र दैनिकमा कार्यरत पत्रकार हुन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: