-महिला खबर-
काठमाडौं । भोजपुरकी एक १२ वर्षीया बालिका बलात्कार गर्ने ३२ वर्षीय मेघराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
षडानन्द नगरपालिकाका बस्ने श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले घटना घटेको नौ दिनपछि पक्राउ गरेको हो । साउन १० गते घर नजिकै बाख्रा चराउन गएकी बालिकालाई मेघराजले बलात्कार गरेको प्रहरीले बताएको छ ।
बालिकाका बुबाले श्रेष्ठ विरुद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा जबरजस्ती करणीमा मुद्दा दर्ता गराएका थिए । पीडित बालिका स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन् ।
Comment Here!