महिला खबर
काठमाडौं । हाल ६० दिन रहेको सुत्केरी विदा ६ महिनासम्म पुर्याउन तीव्र पहल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी हरिदास शर्माले मन्त्रालयबाट पहल भएको र छलफल पश्चात लागू हुने बताउनुभयो ।
महिला खबरसँग कुरा गर्दै शर्माले जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकताको महसुस गरेरै मन्त्रालयले विदा बढाउने पहल गरेको बताउनुभयो ।
व्यवस्थापिका संसदको सचिवालयमा स्वास्थ्य मन्त्रालयले तयार पारी प्रस्तुत गरेको प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विद्येयकको मस्यौदामा दुई सन्तानका लागि मात्र सो प्राविधान लागू हुने व्यवस्था गरिएको छ ।
शिशु तथा बाल्यकालीन पोषण रणनीति, २०७३ को प्रावधान अनुसार मन्त्रालयले सो विद्येयक मस्यौया तयार गरी सो विद्येयक प्रस्तुत गरेको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्य सुधार ल्याउन सुत्केरी विदा बढाउन विधेयकमा प्रस्ताव गरिएको बताउनुभयो ।
हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ ।
Comment Here!