काठमाडौंमा दक्षिण एशियाली महिला सम्मेलन शुरु
दक्षिण एशियामा स्थानिय सरकार र राजनीतिमा महिला सहभागिताः लैङ्गिक समता एवम् न्यायको लागि महिला अधिकारको संरक्षण तथा प्रवद्र्धन
महिला खबर
‘दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता’ विषयक दक्षिण एशियाली महिला सम्मेलन काठमाडौंमा आइतबार शुरु भएको छ । श्रावण भोलि २३ गतेसम्म संचालन हुने उक्त सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले गर्नुभएको छ ।
सम्मेलनको मुख्य उद्देश्य दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता तथा महिला अधिकारको संरक्षण एवं प्रवद्र्धन तथा सुशासन र राज्यका सबै संयन्त्रमा महिलाको सक्रिय संलग्नताको सुनिश्चितताका लागि क्ष्ोत्रीय स्तरमा रणनीतिक योजना तय गर्न सहयोग गर्ने रहेको छ ।
सम्मेलनमा दक्षिण एशियाली मुलुकहरुका सांसद, नागरिक समाजका अगुवा तथा महिला अधिकारकर्मीहरु सहभागी भएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले महिलाको सशक्तिकरणका लागि ल्याइने धेरै कार्यक्रम सतही रहेका र सशक्तिकरणका लागि हाम्रो समाज र व्यक्तिका सोच तथा धारणामा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो । महिला अधिकारको संरक्षण र प्रबद्र्धनका सन्दर्भमा नेपालको उपलब्धि दक्षिण एशियामै अब्बल रहेको तर यतिले मात्र महिला अधिकारको लक्ष्य प्राप्ति नहुने कुरामा उहाँले जोड दिनुभयो ।
नेपालमा सय भन्दा बढी राजनीतिक पार्टीहरु रहेका तर नेकपा एमाले गरीब, दलित र महिलाको पक्षमा रहेको कुरा हालै स्थानीय तह निर्वाचनमा निर्वाचित ५३८९ दलित मध्ये ४७ प्रतिशत महिला रहनुले पनि पुष्टि गरेको उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा आसामको गौहाटी विश्व विद्यालयकी प्राध्यापकजो आनाम जब्बिन सहभागी हुनुहुन्थ्यो । साथै कार्यक्रममा बंगलादेश, इण्डिया, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका सहाभागीहरुले दुई दिनको अवधिमा दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता सन्दर्भमा आप्mनो राष्टको अवस्था र यसको समाधानका उपायहरुका बारेमा छलफल गर्नेछन् ।
Comment Here!