महिला र बालबालिका हराउने क्रम बढ्दो


प्रकाशित मिति :2017-08-08 15:37:05

–बसन्ता भट्ट–

बेसिशहर । लमजुङबाट वर्षेनी दर्जनौ बालबालिका र युवतिहरु हराउने गरेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । हराएका मध्ये महिला तथा बालबालिकाहरु कमै मात्रामा भेटिने गरेका छन् । हराएका मध्ये अधिकांशको अवस्था के कस्तो छ भन्ने विषयमा जिल्लास्थित सम्वन्धित निकाय भने बेखबर जस्तै बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ७३÷७४ मा ६१ जना महिला तथा बालाबालिका हराएका छन् । जसमध्ये ४० जना महिला, १२ जना बालिका र ९ जना बालक रहेका छन् । हराएका मध्ये १४ जना महिला, ५ बालिका र ३ बालक गरि २२ जना फेला परेको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०७२÷०७३ मा जिल्लाबाट भने २८ जना महिला र १८ जना बालबालिका हराएका थिए । यी मध्ये ८ महिला र ९ जना बालवालिका फेला परेपनि अरु नभेटीएको प्रहरीको तथ्याङक छ । त्यसैगरी आर्थिक वर्ष ०७१÷७२ मा ५७ जना महिला र ११ जना बालवालिका हराएकोमा १४ महिला र ४ जना बालबालिका मात्रै फेला परेका थिए ।

जिल्लाबाट हराउनेमध्ये जनजाति तथा दलित समुदायका महिलाहरु बढि भएको जिल्ला प्रहरी कार्यालय अन्र्तगत महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख नन्दु अधिकारीले बताउनुभयो । प्रमुख अधिकारीका अनुसार घरबाट हिँड्नसाथ प्रहरीमा उजुरी दिने तर पछि अन्तै विवाह गरेर गएको थाहा पाएपछि उजुरी कर्ता प्रहरीको सम्पर्कमा नआउने समस्याले गर्दा फेला परेका व्यक्तिको रेर्कड कम देखिएको हो ।

प्रहरीमा परेका उजुरी मध्ये वैदेशिक रोजगारमा गएका युवाको श्रीमतीहरु बढी मात्रामा हराएको देखिएको छ । हराएका कतिपय महिला तथा बालबालीका को मार्फत कहाँ जान्छन् र के गर्दै छन् भन्ने विषय सबैको चासोको विषय बनेको छ । प्रहरीले भने हराएका महिला तथा बालबालिकाको खोजी कार्य जारी रहेने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: