-महिला खबर-
काठमाडौं । नुवाकोट प्रहरीले मानव बेचविखानको अभियोग लागेका घ्याङ्फेदीका २४ वर्षीय कुमार तामाङलाई झापाबाट प्रक्राउ गरेको छ । तामाङलाई नुवाकोटबाट दुईजना महिलालाई भारतमा बिक्री गरेको र थप अर्को महिलालाई समेत भारतमा ब्रिक्रि गर्न लैजान संलग्न रहेको अभियोग लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले तामाङले नुवाकोटकै एक महिलालाई भारतमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा उद्दार गरिएपछि पीडितले दिएको किटानीका आधारमा तामाङलाई पक्राउ गरिएको बताउनुभयो ।
उहाँले तामाङलाई सोमबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको मुद्धा दर्ता गरी कारबाहीका लागि अनुसन्धान थालिएको बताउनुभयो । तामाङ सहित आठ जनाले गत असारमा नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेको र थप अर्की महिलालाई समेत भारत लैजादैँ गरेको अवस्थामा उद्धार गरिएको थियो । तामाङ भने सोही समयबाट फरार रहेका थिए ।
Comment Here!