स्वार्थ नराखी काम गर्छुः मेयर दाहाल


प्रकाशित मिति :2017-08-08 17:45:37

–सृजना अर्याल –

चितवन । नेपाल महिला संघ चितवनले जिल्लाका स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा निर्वाचित महिलालाई सम्मान गरेको छ । संघको ७१ औं स्थापना दिवसको अवसरमा सम्मान गरेको हो । कार्यक्रमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ सहभागी थिए ।

सम्मान कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले देशकै केन्द्रमा रहेको चितवनको भरतपुर महानगर जस्तो ठाउँको नेतृत्व गर्ने अवसर पाउनुले समग्र महिलाले गौरव गर्न पाएको बताउनु भयो । उहाँले अबको प्रादेशिक र केन्द्रीय निर्वाचनमा समेत महिला उम्मेदवार बन्न तयार हुनुपर्ने सुझाउनुभएको थियो ।

सोही अवसरमा भरतपुरमहानगरकी प्रमुख रेणु दाहालले महानगरको विकास र समृृद्धिका लागि लागिपर्ने बताउनुभयो । उहाँले महानगरका सबै मतदाताका मतको कदर आफूले गर्ने प्रतिवद्धता समेत गर्नुभयो । उहाँले महिलाको स्वर्थ पुरुषको तुलनामा कम हुँदै आफूले व्यक्तिगत स्वर्थ नराखी काम गर्ने समेत बताउनुभयो ।

चितवन को एकमात्र गाउँपालिका इच्छाकामनाकी अध्यक्ष गीता कुमारी गुरुङले पहाडि क्षेत्रमा काम गर्न चुनौतीका साथमा अवसर पनि हुने भन्दै आफूले दृढ भएर जनताको काम गर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: