चार बालिकाको खाल्डोमा डुवेर मृत्यु भएको घटनामा छनविन सुरु
समाचार प्रभाव
महिला खबर
काठमाडौं । रौतहटको गरुडामा साउन २१ गते सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको छानविन सुरु भएको छ ।
गृह मन्त्रालयले गृह मन्त्रालय सुरक्षा समन्वय महाशाखाका सहसचिव दीपक काफ्लेको नेतृत्वमा प्रहरी प्रधान कार्यालयका डिआइजी पुष्प रन्जित र सडक विभागका क्षेत्रीय निर्देशक मुक्ति गौतमसहितको टोली गठन गरी छानविन सुरु गरेको हो ।
छानविन टोलीले चार बालिका डुबेको खाल्टोको स्थलगत निरीक्षण गरेको छ ।
टोलीले घटनाबारे पीडित परिवार र स्थानीयसंग छलफल गरेको छ । छलफलमा पीडित परिवारले क्षतीपूर्तिको र दोषीमाथी कारबाहीको माग राखेका छन् ।
टोलीका प्रमुख सहसचिव काफ्लेले घटना सबै प्रक्रिया पुरा भएपछि सरकारलाई प्रतिवेदन बुझाउने बताएका छन् ।
Comment Here!