सुरु भयो बालकुमारीको उपचार


समाचार प्रभाव :

प्रकाशित मिति :2017-08-09 14:02:57

-लिलाराज भट्टराई –

सुनसरी । आर्थिक अभावका कारण उपचार गराउन नसकी बिचल्लीमा परेकी सुनसरीकी बालकुमारी रसाइलीको उपचार सुरु भएको छ ।सुनसरी बराह नगरपालिका ८ सालबन्दीकी रसाइलीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार सुरु गरिएको हो । साथी फाउण्डेसन इटहरीकी अध्यक्ष शान्ति गजमेरको पहलमा उपचार सुरु भएको हो ।

अहिले उहाँको उपचारका लागि औषधी र खर्च जुटाउन गजमेर आफै खटनुभएको छ । उपचारका लागि पहल थालेपनि पैसाको भने अभाव भएको गजमेरले बताउनुभयो । अस्पतालमा बिरामी रसाइलीको हेरचाह गर्ने मान्छेको समेत अभाव भएको फाउण्डेसनकी अध्यक्ष गजमेरको भनाई छ ।

गजमेरकै पहलमा ती महिलाको उपचार हुन नसकेको समाचार सञ्चारमाध्यममा आएको थियो । रसाइलीको शल्यक्रिया गरेको घाउ निको नहुँदा लामो समयदेखि थलिएकी थिईन् । उनको बारेमा समाचार महिलाखवर डटकममा प्रकाशित भएपछि विभिन्न संघसस्थाले सहयोगका लागि चासो देखाएका हुन् । रसाइली परिवार एकता समाजले बालकुमारीको परिवारलाई ३० हजार नगद र २० हजार बराबरको खाद्यान्न, लत्ताकपडा सहयोग गरेको छ ।

बालकुमारीको उपचारको लागि डाक्टरले दुइलाख रुपैयाँ खर्च लाग्ने वताएका छन् । सो रकमको जोहो गर्न सक्ने अवस्था नरहेपछि बालकुमारी उपचारका लागि अस्पताल जानुभएको थिएन । उहाँलाई ५ जना बालबच्चालाई बिहान वेलुकी हातमुख जोडाउने नै समस्या छ ।

मागेर ल्याउन सकेका दिन बालबालिकाले खान पाउछन नभए भोकै सुत्नुपर्ने समस्या छ । वढेका ४ जना छोरा छोरी कहाँ जान्छन् पत्तो हँुदैन । श्रीमतीको उपचार खर्च जुटाउन नसकेर उहाँका श्रीमान् पदमले आठ महिना अघि कोशी नदीमा हामफालेर आत्महत्या गरेका थिए ।
वालकुमारी रसाइली आफना लालाबालाकै लागि भएपनि उपचार गरेर निको हुन चाहनुहुन्छ । उहाँलाई उपचारका लागि अस्पताल त पुर्याइएको छ तर उपचारमा अझै पनि खर्चको अभाव छ ।

यो पनि हेर्नुहोस् !

उपचार नपाएर थलिएकी छु बालबच्चा कसरी हेरुँ ?

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: