जिससमा पनि महिला उपमै सीमित


स्याङ्जा जिससकाे प्रमुखमा मात्रै महिला विजयी

प्रकाशित मिति :2017-08-09 16:04:14

महिला खबर

काठमाडौं । दलहरुले जिल्ला समन्वय समितिको प्रमुखमा पुरुषलाई मात्र उम्मेदवार बनाउँदा महिला उपप्रमुखमै सीमित भएका छन् । महिलालाई उम्मेदवारी दिएको एक मात्र जिल्ला स्याङ्जामा सीताकुमारी सुन्दास विजयी पनि हुनुभयो ।

पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको ६९ जिल्लाको जिल्ला समन्वय समितिमा स्याङ्जा बाहेक अरु कुनै पनि जिल्लामा कुनै पनि दलले महिलालाई प्रमुखमा उठाएनन् । स्याङ्जामा सीताकुमारीलाई एमालेले प्रमुखको उम्मेदवारी बनाएको थियो । कांग्रेस लगायतका दलले प्रमुखमा पुरुषलाई नै उठाएको थियो ।

उम्मेदवारीमै महिलालाई प्रमुखमा नउठाएपछि जिससको प्रमुखमा पुरुष मात्रै आएका हुन् । स्थानीय निर्वाचन ऐन २०७३ को धारा १७ मा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पचास प्रतिशत महिला उम्मेदवार हुनुपर्न व्यवस्था भएपनि दलहरुले यो व्यवस्थामा उल्लेख उपप्रमुख पद महिलाकै लागि मात्र प्रयोग गरेको देखिन्छ ।

नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा सांसद महालक्ष्मी उपाध्यय नीतिगत रुपमै प्रमुख पदमा महिलालाई उम्मेदवारी बनाउनुपर्छ नभनेसम्म दलहरुले महिलालाई नउठाउने बताउनुहुन्छ । ‘बाध्यात्मक व्यवस्था नभएसम्म महिलालाई प्रमुख पद दिने स्थिति देखिएन, उपाध्ययले भन्नुभयो,– यसले महिलालाई सहभागि गराउने तर निर्णायक भूमिका दिन नचाहेको देखिन्छ ।’

अब प्रदेश २ मा हुने तेस्रो चरणको निर्वाचनपछि गठन हुने जिससको प्रमुखमा भने महिला ल्याउन जोड गर्नुपर्ने उहाँको भनाई छ । माओवादी केन्द्रका महिला विभाग प्रमुख तथा पूर्व सभासद् अमृता थापामगरले दलहरुमा महिलाले नेतृत्व गर्न सक्छन् भन्ने सोच नहुँदा प्रमुख पद नदिएको बताउनुहुन्छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले भने जिससको प्रमुख र उपप्रमुख छान्ने जिम्मेवारी जिल्लालाई दिएको र जिल्लाले योग्यता र क्षमताका आधारमा छानेकोे बताउनुहुन्छ । ‘प्रमुख पदमा महिला नउठाउने भनेर नउठाएको होइन । हामीले समावेशीतालाई प्रमुख प्राथमिकतामा राखेका छौ । तर प्रमुखमा महिला आउनुभएको छैन, त्यसलाई हामीले स्वीकार गरेका छौ ।’ सचिव भट्टराईले भन्नुभयो । निर्वाचन हुन बाँकी जिससको गठनमा प्रमुख पदमा महिला उठाउन पहल गर्ने उहाँको भनाई छ ।

जिससका एकल महिला प्रमुख सीताकुमारी

स्याङ्जा जिससको प्रमुखमा एमालेकी सीताकुमारी सुन्दास विजयी हुनुभएको छ । जिससको निर्वाचन भएका जिल्लाहरुमा प्रमुख पदमा विजयी हुने सीताकुमारी एक मात्र महिला हुन् ।

आज भएको जिससको निर्वाचनमा सुन्दास १५ मत ल्याइकी छन् भने उनका प्रतिद्धन्द्धी काग्रेंसका अजुर्न अर्यालले ७ मत प्राप्त गरेका थिए । उपप्रमुखमा एमालेकै दिलीपकुमार वाग्ले विजयी भएका छन् । कांग्रेसले भने दुवै पदको उम्मेदवार पुरुषलाई उठाएको थियो ।

कहाँ को निर्वाचित भए

एमाले

काठमाडौँ जिससमा एमाले विजयी भएको छ । उपप्रमुखमा सरिता दाहाल र प्रमुखमा शिवसुन्दरराज वैद्य विजयी भएका छन् ।

जिसस मकवानपुरको उपप्रमुखमा भगवती पुडासैनी र प्रमुखमा रघुनाथ खुलाल विजयी भएका छन् ।

त्यस्तै जिसस दैलेखको उपप्रमखमा लक्ष्मीदेवी शाह र प्रमुखमा प्रेमबहादुर थापा विजयी भएका छन् ।

जिजस धादिङको उप्रमुखमा बिना तामाङ र प्रमुखमा जगन्नाथ नेपाल विजयी भएका छन् ।

पर्वत जिससको उपप्रमुखमा एमालेकी यामकुमारी राना विजयी भएकी छन् ।

जिसस कास्कीको उपप्रमुखमा सावित्री भण्डारी र प्रमुखमा बैनबहादुर क्षेत्री (अधिकारी) विजयी भएका छन् ।

ताप्लेजुङको जिसस उपप्रमुखमा दलित महिला देवीमाया नेपाली र प्रमुखमा घनेन्द्र मादेन विजयी भएका छन् ।

दोलखा जिससकोे उपप्रमुखमा मनमाया जिरेल र प्रमुख पदमा डवल पाण्डे विजयी भएका छन् ।

जिसस पाल्पाको उपप्रमुखमा मिरा मरासिनी र प्रमुखमा दयाराज बस्याल विजयी भएका छन् ।

काभ्रेपलाञ्चोक जिसस  उपप्रमुखमा मञ्जु गौतम र प्रमुख पदमा  उद्धव केसी विजयी भएका छन् ।

कांग्रेस

जिसस तनहुँको उपप्रमुखमा पबित्रादेवी पौडेल उम्मेदवारी बनाएको थियो ।

जिसस सुर्खेतको उपप्रमुखमा देवी भट्टराई र प्रमुखमा छविलाल सिग्देल विजयी भएका छन् ।

गोरखा जिससमा कांग्रेसबाट जानुका अधिकारी उपप्रमुखमा विजयी भएका छन् ।

तालमेल उप पनि खोसियो

म्याग्दीको जिल्ला समन्वय समितिमा एमाले र काग्रेंसको तालमेल हुँदा उपप्रमुखको पद समेत खोसिएको छ । जिससको प्रमुखमा एमालेका देवेन्द्र केसी र उपप्रमुखमा काँग्रेसका लोकबहादुर मल्ल विजयी भएका छन् ।

जाजरकोटको जिससमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका तालमेल भएको छ । तालमेलपछि माओवादी केन्द्रका मनवहादुर रावल प्रमुख र काँग्रेसका ज्ञानीप्रसाद शर्मा उपप्रमुखमा विजयी भएका छन् ।

ऐन विपरित जिससको प्रमुख र उपप्रमुखमा पुरुष

जिल्ला समन्वय समिति अछामको प्रमुख र उपप्रमुख दुवैमा पुरुष विजयी भएका छन् । कांग्रेसले प्रमुखमा नरबहादुर कुँवर र उपप्रमुखमा टोपबहादुर रावल उम्मेदवारी बनाएको थियो ।
स्याङ्जाको जिससमा कांग्रेसले दुवै पदमा पुरुषको नै उम्मेदवारी परेको छ । कागं्रेसले अर्जुनप्रकाश अर्याल र शक्तिचन्द्र अधिकारीलाई प्रमुख र उपप्रमुखमा उठाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: