चौरी व्यवसायमा महिलाको आकर्षण


प्रकाशित मिति :2017-08-09 16:27:03

-सर्मिला बुढाथोकी-

दोलखा । हरेक दिन सुर्योदयको पहिलो किरण मिङडोल्मा शेर्पाको व्यवसायिक उर्जा हुने गरेको छ । एक दशक देखि चौरी व्यवसायमा लागेकी दोलखा कालिञ्चोक गाउँपालिकाकी मिङडोल्माले आफ्नो दैनिकी सुर्योदयसगै शुरु गर्छिन् ।

विहानै उठ्नु, चौरी दुहुनु, गोठ सफा गर्नु, छुर्पि बनाउनु मिङडोमाको दैनिक कार्यसूचि हो । मिङडोल्मा भनिन्– ‘लेकमा खासै अरु काम हुदैन, चौरी पालेर नै जीवीकोपार्जन गर्ने हो, यसैमा रमाइलो मानेकी छु ।’ उनको २९ ओटा चौरी छन् । चौरीको दुधबाट बनेको चिज, छुर्पी, घ्यु लगाएत बिक्रि गरेर बार्षिक ५ लाख भन्दा बढी आम्दानी गर्छिन् ।

चौरी व्यवसायमा दुख धेरै भएपनि जीविको धानिने भएकाले उनलाई सन्तोष नै छ । तर यो व्यवसायलाई निरन्तरता दिन सरकारको पनि सहयोग हुनुपर्ने मिङडोल्मा बताउछिन् ।

कालिञ्चोक गाउँपालिकाकै विमला मगरले पनि व्यवसायिक रुपमा चौरी पाल्न थालेको निक्कै लामो समय भैसकेको छ । २४ ओटा चौरीको धनी विमला रोजगारीका लागि अन्यत्र भौतरिनु भन्दा आफ्नो ठाउँ अनुसारको व्यवसायबाट मनग्य आम्दानी गर्न सक्नु नै राम्रो हुने बताउछिन् । ‘विदेश गएर दुख गर्न सक्नेले नेपालमै बसेर जागर गर्ने हो भने मासिक ५० हजार रुपैया कमाउन कुनै समस्या छैन ।’ उनले सुनाइन् । बार्षिक ४/५ लाख रुपैया कमाई गर्ने विमलाले चौरी व्यवसायबाट घर व्यवहार चलाउन र बालबच्चा पढाउन सहज भएको बताइन् ।

कालिञ्चोक गाउँपलिकाकी पार्वती थामीको जीविकोपार्जनको स्रोत पनि चौरी व्यवसाय नै हो । मेहेनत अनुसार आम्दानी हुँदा उनी सन्तुष्ट देखिन्छन् । तर चौरी व्यवसायीहरुको लागि खर्कको व्यवस्था र चौरीबाट उत्पादन हुने वस्तु बिक्रि गर्न बजारको व्यवस्थापन राम्रो गर्न सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

दोलखा जिल्लाको कालिञ्चोक, विगु, गौरीशङ्कर र शैलुङ गाँउपालिकामा झण्डै ३०/३५ जना चौरी व्यवसायी छन् । जसमा आधा भन्दा बढी व्यवसायी महिला रहेको कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कालिका पाठकले बताए । व्यवसायीहरुका अनुसार दोलखामा झण्डै सात सय वटा चौरी छन् ।

विमला                                                                                                             मिङडाल्मा                                                                                                   पार्वती

पाठकले चौरी व्यवसायलाई प्रोत्साहित गर्न चौरी पालक कृषकलाई परिचयपत्र वितरण गरेको र त्यसको आधारमा निरन्तर व्यवसाय गर्ने कृषकलाई निश्चित अवधि पुगेपछि गाँउपालिकाको तर्फबाट पेन्सनको व्यवस्था गरिने बताए । चौरीपालक किसानलाई प्रोत्साहित गर्न कालिञ्चोक गाँउपालिकाले चौरी महोत्सवको समेत आयोजना गरेको र त्यसले व्यवसायीक चौरी पालनको लागि सहयोग मिल्ने पाठकको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: