–महिला खबर–
काठमाडौं । नवलपसीस्थित कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी झाले पाँच वर्षभित्र नगरपालिकालाई कुपोषणमुक्त नगरपालिका बनाउने बताउनुभएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले युनिसेफ र युरोपियन युनियनको आर्थिक एवं प्राविधिक सहयोगमा नगरपालिकामा आयोजना गरिएको कार्याक्रममा झा ले सो कुरा बताउनुभएको हो । उहाँले पोषण कार्यक्रम लागू भएपछि महिला र बालबालिकालाई फाईदा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, – कार्यक्रम लागू हुने अवस्थामा छ, यसले महिलाहरुलाई पोषणका साथै बालबालिका स्याहारमा सम्भारमा सहयोग पुग्नेछ । उहाँले कार्यक्रम लागू गर्दा पिछडिएका समूदायलाई प्राथमिकता दिने बताउनुभयो ।
अहिले पनि महिला र बालबालिकाहरु पोषणको अभावमा अकालमै ज्यान जाने गरेको छ । यस कार्यक्रमले उनीहरुको स्वास्थ्यमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।
Comment Here!