एसिड विक्रि वितरण नियन्त्रण र नियमनका कानुन बनाउन सर्वोच्च अदालतबाट परमादेश


प्रकाशित मिति :2017-08-10 15:02:38

-महिला खबर

काठमाडौं । एसिड विक्रि वितरण नियन्त्रण र नियमनका कानुन बनाउन सर्वोच्च अदालतबाट सरकारलाई परमादेश जारी भएको छ ।

२०७३ भदौ १२ गते न्याय तथा अधिकार संस्था (जुरी नेपाल)को तर्फबाट अधिवक्ता शशी बस्नेत समेतले नेपाली समाजमा बढदै गएको एसिड आक्रमण जन्य महिला विरुद्ध हि‌ंसाको अन्त्य गर्नका लागि एसिडको विक्रि वितरण तथा खरिद बिक्रिको उचित नियमन तथा अनुगमन गरी पीडितको तत्काल सुरक्षा र निःशुल्क प्रभावकारी उपचार एंव अन्तरिम राहत तथा यथोचित क्षतिपूर्तिको व्यवस्थाको अबलम्वन गर्न तर्फ नेपाल सरकारले तदारुकता नदेखाएकोले यस विषयलाई समेटने गरी नयाँ कानुन बनाउन परमादेशको आदेश जारी हुनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरेको थियोे ।

सर्वोच्च अदालतले बुधबार एसिड आक्रमणको अपराध रोकथाम, एसिडको विक्रि वितरण, नियन्त्रण र नियमन तथा,पीडितलाई पर्याप्त क्षतिपूर्तिको कानुन बनाउन सरकारलाई परमादेश जारी गरेको हो ।

जुरीले एसिड जस्तो संवेदनशिल बस्तुको बढदो दुरुपयोग भई लैंगिक हिंसाजन्य अपराध हुन नदिनका लागि एसिडको उत्पादन, भण्डारण, आपूर्ति, खरिद, बिक्रि तथा वितरणको नियमनका लागी सम्वन्धीत सबै पक्षसँग आवश्यक समन्वय र परामर्शगरी आवश्यक कानूनी तथा नियमनकारी मापदण्डको प्रबन्ध गरी लागु गर्न, यस को विक्रि वितरण नियन्त्रण र नियमनका लागि तत्काल निर्देशीका बनाई लागु गर्न,समय समयमा वजार अनुगमन गर्न गराउन परमादेश जारी गरी पाउँ भनी रिट दायर गरेको जुरी नेपालका अधिवक्ता शशी बस्नेतले बताउनुभयो ।

संसार भरी नै एसिड आक्रमणका घटनामा धेरै जसो हाइड्रो कोलोरिक र सल्फ्युरिक एसिडको प्रयोग हुँदै आएको छ । यसले छाला र हड्डीलाई समेत जलाउने गर्छ । अनुहारमा परे कुरुप पार्छ भने आँखामा परे दृष्टिविहीन हुन्छ । तेजाव आक्रमणपछि छालामा प्लास्टिक सर्जरीबाट पनि उपचार सम्भव नहुने अवस्था आउँछ ।

सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले अपराधीलाई सजाय र पीडितलाई पर्याप्त क्षतिपूर्ति हुने गरी कानुन बनाउन परमादेश दिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: