बालविवाह विरुद्धको राष्ट्रिय अभियान राष्ट्रपतिद्वारा शुभारम्भ


व्याप्त कुप्रथा सबै मिलेर अन्त्य गर्न राष्ट्रपतिको आवहान

प्रकाशित मिति :2017-08-10 17:31:42

महिला खबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौं’ राष्ट्रिय अभियानको बिहिबार राजधानीमा विशेष समारोहबीच शुभारम्भ गर्नुभएको छ ।

सन् २०२१ सम्मको ५ वर्षे अभियान सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त आयोजनामा औपचारिक रुपमा शुरु भएको हो ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अभियानको सराहना गर्दै शुभकामना दिनुभयो । समाजमा व्याप्त रहेको कुप्रथाले देशको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको भन्दै उहाँले यस्ता कुप्रथा अन्य गर्न सबै लागि पर्नुपर्ने बताउनुभएको छ ।

ऐनले विवाहको उमेर २० बर्ष तोकिएको र त्यसअघि नै विहे गरेमा  दण्ड सजायको व्यवस्था हुँदाहुँदै पनि बालविवाह हुने मुलुकहरुमा नेपाल अगाडि पर्नु दुःखको कुरा भएको भन्दै यसविरुद्ध सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले बालविवाह गर्नेमा बालिकाको संख्या बढी रहेको र यसले बालिका तथा उसको जीवनमा धेरै अधिकार हनन् हुने बताउनुभयो । बालविवाहले, विवाह गर्नेको स्वस्थ्य मात्रै होइन ती कलिला आमाले जन्माएका बच्चाको स्वास्थ्य समेत जोखिममा रहने भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

यस्ता कुप्रथा र परम्परालाई अन्त्य गर्न संचार जगत त्यसमा पनि सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो । नेपालमा सामुदायिक रेडियोहरुको सफलतालाई विश्वका संचार जगतले पनि उदाहरणीय मानेकाले अझ नागरिकको घरदैलोमै पुगेर सूचना र सन्देशहरु प्रवाह गर्न सुझाव दिनुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बालविवाह अन्त्यका लागि सामुदायिक रेडियोहरुले शुरु गरेको  अभियान महत्वपूर्ण भएको भन्दै यो अभियानमा सवै एक हुनुपर्ने बताउनुभयो ।

सन् २०३० सम्मको दीगो विकास लक्ष्यमा पनि बालविवाह अन्त्य गर्ने लक्ष्य लिएकाले राज्यको यसतर्फ ध्यान जानुपर्ने बताउनुभयो । बालविवाह रोक्न कानुनहरु भएपनि कार्यान्वयन हुन नसकिरहेको अवस्थामा मन्त्री कोइरालाले नेपालमा कानुनभन्दा कार्यान्वयनको खाँचो रहेको बताउनुभयो ।

कानुन मन्त्री यज्ञबहादुर थापाले मन, वचन र कर्मबाटै बालविवाह अन्त्यमा लाग्नुपर्ने जोड दिनुभयो । उहाँले भन्नुभयो, कानुन हुँदाहुँदैपनि धेरै बालविवाह हुनु हामीलाई कानुनले गिज्याएको अनुभव भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बालविवाह सम्बन्धी कानुन र उमेरमा फरक फरक रहेको भन्दै त्यसलाई एकरुपता ल्याउन सरकारले पहल गर्नुपर्ने बताउनभयो । शर्माले व्याप्त कुसंस्कार कुरीति अन्त्य गर्न कानुनसगैँ समाज अझ अघि बढ्नुपर्ने बतउनुभयो ।

सामादायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले सवै प्रकारका कुरिति र कुसंस्कार अन्त्य गर्न सबै एक हुन आग्रह गर्नुभयो । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढंगेलले अभियान सगैँ सबैको सहकार्यको समेत आवश्यकता रहेको बताउनुभयो । आयोजक संस्थाहरुको अध्ययन अनुसार नेपालमा ३७ प्रतिशतले १८ बर्ष नपुग्दै विहे गर्ने गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: