-अप्रिल अधिकारी–
रामेछाप । असार ३१ गते मध्यरातमा आएको बाढीले श्रीमान् र छोरी गुमाएकी कृष्णमाया तामाङलाई गृहमन्त्री जनार्दन शर्माले आर्थिक सहयोग गर्ने आश्वासन दिनुभएको छ । खिम्तिका बाढी पहिरोको स्थलगत स्थिति बुझ्न खिम्ति पुग्नु भएका गृहमन्त्री जनार्दन शर्माले खिम्तिको स्थलगत अवलोकन पश्चात कृष्णमाया लगायत पीडितहरुलाई आर्थिक सहयोग गर्ने आश्वासन दिनुभएको हो । गृहमन्त्री शर्माले खिम्तिका पीडितलाई भुकम्प पीडित झै जग्गा खरिद गर्न २ लाख र घर निमार्ण गर्न ३ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
शर्माले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई १ लाख तथा अन्य १० बिस्थापितलाई १० हजार रुपैयाँका दरले राहत समेत वितरण गर्नुभएको छ । गृहमन्त्रीले गरेको सहयोग र आश्वासनले आफुलाई थोरै भए पनि राहतको महशुस भएको कृष्णमायाले बताउनु भयो ।
बाढी पहिरो लगतै लिखु गाउँपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउने २ परिवारलाई २५ हजार, घर बाढीले क्षति गरेका ११ घरलाई ६५ हजारका दरले र बस्ती जोखिम भएर सार्नु पर्ने ८ घरपरिवारलाई ५० हजार रुपैयाँका दरले सहयोग गरेको भएता पनि कृष्णमायाको परिवारले भने पाएको थिएन ।
असार ३१ गतेको परेको अविरल बर्षासँगै खिम्ति खोलामा आएको बाढीका कारण कृष्णमायाको श्रीमान विमान तमाङ र छोरी मनिला तमाङ बाढीमा बेपत्ता भएका थिए । उनीहरुको आज सम्म कुनै अत्तापत्तो छैन । उनी आफै पनि विरामी अबस्थामा हुनुहुन्छ ।
यो पनि हेर्नुहोस –
Comment Here!