बाढी प्रभावित बालबालिकालाई सहयोग


प्रकाशित मिति :2017-08-11 14:38:54

-महिला खबर-

रामेछाप । गएको असार ३१ गते आएको बाढीबाट प्रभावित लिखु गाउँपालिका ६ खिम्ति १० जना बालबालिकाहरुलाई सामुदायिक विकास समाज मन्थलीले आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले मृतक, बेपत्ता र अन्य बाढी प्रभावित प्रति बालबालिका ५ हजार रुपैयाँका दरले १० जना बालबालिकाका लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो । महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीको रोहवरमा बाढी प्रभावित क्षेत्र खिम्तिमा नै पुगेर वितरण गरिएको थियो ।

बाढी प्रभावित र अभिभावक गुमाएका बालबालिकाहरुको तत्कालको पहिलो आवश्यकता र पठन पाठनमा केही सहजता होस् भनेर सहयोग गरेको समाजका कार्यकारी निर्देशक मिलन घिसिङले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: