-महिला खबर –
सिरहा । सिरहा जिल्लामा यो वर्ष बलात्कारका घटना बढेका छन् । सिरहामा बलात्कारका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यलय सिरहाको तथ्याङ्कले देखाएको हो ।
सिरहामा आर्थिक वर्ष २०७१-०७२ मा बलात्कारका १९ वटा घटना दर्ता भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७२-०७३ मा १७ वटा बलात्कारका घटना जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
तर, गत आर्थिक वर्ष २०७३-०७४ बलात्कारका २६ वटा मुद्धा प्रहरीमा दर्ता भएका छन् । प्रहरीबाट जिल्ला अदालत पुगेका २६ वटा मुद्धामध्ये २३ वटा मुद्धा फछ्र्यौट भएको छ ।
Comment Here!