महिला खबर
काठमाडौं । नेपाल पत्रकार महासंघलाई नेतृत्व तहमै समावेशी बनाउन समावेशी सञ्चार अभियानले ध्यानकर्षण गराएको छ ।
महासंघको आसन्न महाधिवेशनको पूर्वसन्ध्यमा अभियानले आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम र अपाङगता भएका पत्रकारहरुलाई समेत नेतृत्व तहमा उम्मेदवार बनाउन माग गरेको हो ।
अभियानको विहिबार काठमाडौंमा बैठक बसेर आगामी भदौ ४ गतेदेखि हुने महासंघको अधिवेशनमा अध्यक्ष, महासचिव, कोषध्यक्ष लगायतका पदमा समेत समावेसी ढंगले उम्मेदवार बनाउन माग गरेको छ । बैठकमा आदिवासी जनजाति पत्रकार संघ, संचारिका समूह, क्रियाशिल पत्रकार महिला समूह, मधेशी, दलित लगायतका पत्रकारहरुको छाता संजालहरुको सहभागिता रहेको थियो ।
समावेशीताको एजेण्डालाई स्थापित गर्न आवाज उठाउदै आएको पत्रकारहरुले स्वयंम आफूभित्रको समावेशी चरित्रलाई हेर्नुपर्ने अवस्था आएको उनीहरुको माग छ । यस अभियानमा सबै संस्थाहरु एकजुट हुन समेत अभियानले आग्रह गरेको छ ।
Comment Here!