मानब बेचबिखन बिरुद्धको २० वर्षे ऐतिहासिक पुस्तक सार्वजनिक


प्रकाशित मिति :2017-08-13 12:57:43

महिला खबर

काठमाडौ । मानब बेचबिखन बिरुद्ध संचालित २० बर्षे अभियानको इतिहास प्रष्ट रुपमा झल्किने गरी मानब बेचबिखन बिरुद्ध एटवीनको २० बर्ष नामक पुस्तक सार्बजनिक भएको छ । 

महिला तथा बालबालिका बेचबिखन बिरुद्ध सहकर्मी समुह एट्वीनको बार्षिक साधारण सभाको अबसरमा लोकार्पण गरिएको सो पुस्तकमा मानब बेचबिखन बिरुद्ध बितेको २० बर्षमा के भयो, अहिले मानब बेचबिखनको अबस्था कस्तो छ, राज्यले कस्तो निर्बाह गरिरहेको छ, नागरिक समाजको भुमिका के हुनृु पर्छ , मानब बेचबिखन नियन्त्रणका लागि कस्ता कस्ता कानुन बनेका छन , ती ऐन कानुन कार्यान्वयनको अबस्था कस्तो रहेको भन्ने लगायतका मानब बेचबिखन सबन्धी सम्पुर्ण बिषय समेटिएको छ ।

मानब अधिकार, महिला अधिकार, बाल अधिकारका बिषयमा कार्यरत तीन दर्जन संस्थाहरुको नेटवर्क एट्वीनले आफनो इतिहासमा पहिलो पटक प्रकाशन भएको पुस्तक मानब बेचबिखन बिरुद्ध अध्ययन अनुसन्धानका लागि ऐतिहासिक सामग्री हुने बिश्वास गरिएको छ ।

राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा , राष्टिय महिला आयोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरे, बरिष्ठ मानब अधिकारकर्मी शर्मिला कार्की , दुर्गा घिमिरे, डा रेणुराज भण्डारी , अनुराधा कोइराला , गौरी प्रधान , सुबोध प्याकुरेल , बरिष्ठ पत्रकार टंक पन्त , मेचम्चि नगरपालिकाका उपप्रमुख भगवती नेपाल , उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुवर, एटवीनका अध्यक्ष मीना बिष्ट सहित सबै बिधाका बरिष्ठ ब्याक्तित्वहरुले सो पुस्तक लोकार्पण गर्दे बर्तमान नेतृत्वले एटवीनकै इतिहासमा अनुकरणीय र ऐतिहासिक काम गरेको उल्लेख गर्नुभएको छ ।

बरिष्ठ बालअधिकारकर्मी कुमार भटराइले सचालन गर्नुभएको कार्यक्रममा बिशिष्ट बक्ताहरुले मानब बेचबिखनको स्वरुपमा परिबर्तन , मानब बेचबिखन गरीब अशिक्षाबाट मात्र नभएर पासपोर्ट लेभलमा समेत हुन थालेकोले यसको निराकरणका लागि राज्य देखि सबै सरोकारवाला पक्षले गभीरतापुर्बक लिनुपर्ने कुरामा जोड दिएका छन ।

मानब बेचबिखन बिरुद्धको अभियानमा महत्वपुर्ण योगदान पु¥याउन्हुने शक्ति समुहका संस्थापक सुनिता दनुवार , चरिमाया तामा , एटवीनमा प्रारंभ देखि नै कार्यरत एट्वीनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङ, मेलम्चि नगरपालिकाकी उपप्रमुख एवं यो अभियानमा प्रारंभ खि लागेकी भगवती नेपाललाई सम्मान गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: